असार २६, २०८२ बिहिबार July 10, 2025

नागरिक लगानी कोषको शेयर प्रिमियर इन्स्योरेन्सले बेच्दै- असोज ४ गतेसम्मको म्याद

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रिमियर इन्स्योरेन्स कम्पनीले नागरिक लगानी कोषमा रहेको संस्थापक शेयर बेच्ने भएको छ । प्रिमियर इन्स्योरेन्सले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको हो।

कम्पनीले बोलकबोल मार्फत प्रतिकित्ता न्यूनतम मूल्य २ हजार ३०० रुपैयाँमा उक्त शेयर बिक्री गर्न लागेको छ। कम्पनीले बिक्री गर्न लागेको उक्त शेयर बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले मात्र खरीद गर्न पाउने छ । उक्त शेयर असोज ४ गतेसम्म लिलाम बोलकबोलको माध्यममा भाग दिन आह्वान गरेको छ।

नागारिक लगानीकोषले निष्काष्सन गर्न लागेको हकप्रद शेयरमा समेत बोलकबोलबाट शेयर प्राप्त गर्ने कम्पनीले आवेदन गर्न योग्य हुने कम्पनीले जनाएको छ । गत असार २० गते सम्पन्न साधारण सभाले चुक्ता पूँजीको ८२ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो। जसका लागि कम्पनीले आरबिबि मर्चेन्टलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धक तोकिसकेको छ।

सेन्ट्रल प्लाजा नक्सालमा रहेको नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालय र नारायणचौर नक्सालमा रहेको प्रिमियर इन्स्योरेन्सको कार्यालयमा बोलपत्र आवेदन बुझाउन सकिने कम्पनीले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी
२०८२ असार २६, बिहिबार
गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री
२०८२ असार २६, बिहिबार
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
२०८२ असार २६, बिहिबार
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार