पुष २२, २०८२ मंगलबार January 6, 2026

भेनेजुएलामाथि भएको अमेरिकी आक्रमणको नेपाल कम्युनिस्ट पार्टीद्वारा कडा निन्दा

भेनेजुएलामाथि भइरहेका अमेरिकी सैन्य गतिविधि तुरुन्त रोक्न जोडदार माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टीले भेनेजुएलामाथि भएको अमेरिकी साम्राज्यवादी आक्रमणको कडा निन्दा तथा भर्त्सना गरेको छ। पार्टीले एक विज्ञप्ति जारी गर्दै अमेरिकी नेतृत्वद्वारा संयुक्त राष्ट्र संघको बडापत्र, अन्तर्राष्ट्रिय कानुन तथा राष्ट्रहरूको सार्वभौमिक अधिकारविपरीत मनगढन्ते आरोप लगाएर स्वतन्त्र भेनेजुएलामाथि गरिएको सैन्य हस्तक्षेप अस्वीकार्य रहेको जनाएको छ।

विज्ञप्तिमा अमेरिकी प्रशासनले राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा भेनेजुएलामाथि सैन्य हस्तक्षेप र आक्रमण गरेको उल्लेख गर्दै यसलाई खुला साम्राज्यवादी आक्रमणको संज्ञा दिइएको छ। पार्टीले भेनेजुएलामाथि भइरहेका अमेरिकी सैन्य गतिविधि तुरुन्त रोक्न जोडदार माग गरेको छ।

नेपाल कम्युनिस्ट पार्टीले संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्को आपतकालीन बैठक तत्काल आयोजना गरी सार्वभौम राष्ट्रमाथि भएको यस्तो अवैध आक्रमण रोक्न सबै उपाय अपनाउन आग्रह गरेको छ। साथै, दक्षिण अमेरिकी क्षेत्रलाई शान्ति क्षेत्रका रूपमा मान्यता दिनुपर्ने माग पनि गरेको छ।

पार्टीले साम्राज्यवादी आक्रमण र नाङ्गो हस्तक्षेपविरुद्ध जुधिरहेको भेनेजुएली जनताप्रति पूर्ण ऐक्यबद्धता प्रकट गर्दै भेनेजुएला लगायत दक्षिण अमेरिकी देशहरूको साम्राज्यवादविरोधी संघर्षको पक्षमा दृढतापूर्वक उभिने प्रतिबद्धता जनाएको छ।

नेपाल कम्युनिस्ट पार्टीका संयोजक लोकनारायण सुबेदीद्वारा जारी विज्ञप्तिमा साम्राज्यवादको यस्तो आक्रमणकारी नीति विश्व शान्तिका लागि गम्भीर खतरा भएको उल्लेख गरिएको छ। पार्टीले विश्वका प्रगतिशील शक्ति र जनतालाई अमेरिकी हस्तक्षेपविरुद्ध आवाज उठाउन आह्वानसमेत गरेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेस विशेष महाधिवेशन पक्षधरद्धारा काठमाण्डौं प्रसासनसँग सुरक्षा व्यवस्था माग
२०८२ पुष २३, बुधबार
प्रधानमन्त्री कार्कीसँग प्रदेश प्रमुख लाभद्वारा शिष्टाचार भेटवार्ता
२०८२ पुष २२, मंगलबार
सामाजिक सद्भाव कायम राख्न आयोगको सरकारलाई निर्देशन
२०८२ पुष २२, मंगलबार
जसपा नेपालद्वारा रुपन्देहीमा उम्मेदवार सिफारिस
२०८२ पुष २२, मंगलबार
इन्डोनेसियामा आएको बाढीका कारण मृत्यु हुनेको सङ्ख्या १६ जना पुग्यो
२०८२ पुष २२, मंगलबार
पछिल्लो परिवर्तनमा ‘जेनजी’ युवाहरूको महत्त्वपूर्ण भूमिका छ : दुर्गा प्रसाँई
२०८२ पुष २२, मंगलबार
सिनेमा प्रमाणीकरणका लागि बोर्डलाई प्रभावकारी बनाउनुपर्छ : सञ्चारमन्त्री खरेल
२०८२ पुष २२, मंगलबार