काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारतको राजधानी नयाँ दिल्ली जाने भएका छन् ।
विभिन्न कम्युनिस्ट घटक मिलेर बनेको नेकपाको प्रवासी संगठनहरूको एकता सन्देश सभालाई सम्बोधन गर्न ‘प्रचण्ड’ साँझ दिल्ली जान लागेको हो ।
सन्देश सभालाई सम्बोधन गरेर ‘प्रचण्ड’ भोलि (सोमबार) साँझ नै स्वदेश फर्किने कार्यक्रम उनको सचिवालयले जनाएको छ । एकता सन्देश सभा भने भोलि राखिएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया