काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महान्यायाधिवक्ताको कार्यालयको आर्थिक वर्ष २०८१-०८२ को वार्षिक प्रतिवेदन पेश गरिएको छ।
राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेल समक्ष महान्यायाधिवक्ता सबिता भण्डारीले सो प्रतिवेदन पेश गरेकी हुन्।
कार्यक्रममा राष्ट्रपति कार्यालयका उच्च अधिकारीहरू तथा महान्यायाधिवक्ताको कार्यालयका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। संविधान बमोजिम महान्यायाधिवक्ताले प्रत्येक आर्थिक वर्षमा आफ्नो कार्यालयको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने व्यवस्था छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया