कार्तिक १५, २०८३ आइतबार November 1, 2026

उपराष्ट्रपति यादवसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट

नेपाल-फ्रान्स सम्बन्धका विविध आयामबारेमा विचारविमर्श

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि फ्रान्सका राजदूत भर्जिनी कोर्टेभलले आज उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गर्नुभएको छ ।

त्यस अवसरमा उहाँहरूबीच नेपाल-फ्रान्स सम्बन्धका विविध आयामबारेमा विचारविमर्श भएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ।

उपराष्ट्रपति यादवले नेपाल र फ्रान्सबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता दुई देशबीचको पारस्परिक सम्मान, सहयोग र मैत्रीमा आधारित सम्बन्ध अझ उन्नत भएको बताउनुभएको थियो ।

उहाँले फ्रान्सेली क्रान्तिका आधारभूत मूल्यहरू ‘स्वतन्त्रता, समानता र भ्रातृत्व’ले नेपालको राजनीतिक आन्दोलनलाई पनि प्रेरित गर्दै आएको उल्लेख गर्नुभएको थियो ।

फ्रान्सले युरोपेली सङ्घ ९इयु०मार्फत नेपाललाई प्रदान गर्दै आएको सहयोगका लागि उपराष्ट्रपति यादवले धन्यवाद ज्ञापन गर्दै दुई देशबीचको सम्बन्ध आगामी दिनमा अझ प्रगाढ हुँदै जाने विश्वास व्यक्त गर्नुभयो ।

साथै उपराष्ट्रपति यादवले फ्रान्सको आसन्न राष्ट्रिय दिवसका अवसरमा राजदूत कोर्टेभलमार्फत फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रो र फ्रान्सेली जनताको सुख, शान्ति र समृद्धिको कामना गर्नुभयो।

राजदूत भर्जिनी कोर्टेभलले आफ्नो कार्यकालमा फ्रान्स र नेपालबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने प्रयास भएको बताउनुभएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एनपीएलमा जनकपुरको दोस्रो जित, पोखरा ९ रनले पराजित
२०८३ कार्तिक १५, आइतबार
एनपिएल : जनकपुरद्वारा पोखरासामु १४८ रनको लक्ष्य प्रस्तुत
२०८३ कार्तिक १५, आइतबार
प्रधानमन्त्री शाहको चेतावनीपूर्ण अभिव्यक्ति : ‘सही समय आएपछि सबैको गलत समय आउँछ’
२०८३ कार्तिक १५, आइतबार
देशभर ४३ विपद्का घटना, १३ जना घाइते
२०८३ कार्तिक १५, आइतबार
कोशी प्रदेश प्रमुख खापुङको कार्यकाल पूरा, मुख्यमन्त्रीसँग गरे विदाइ भेट
२०८३ कार्तिक १५, आइतबार
रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत स्थानीय तहका उम्मेदवार छान्ने
२०८३ कार्तिक १५, आइतबार
इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्न बाँकी छ : ट्रम्प
२०८३ कार्तिक १५, आइतबार