काठमाण्डौंः एप्पलले एप्पल वाच एसई सार्वजनिक गरेको छ । आज भएको एप्पलको अनलाइन लञ्च इभेन्टमा यो प्रडक्ट सार्वजनिक गरिएको हो । स्वस्थ र तन्दुरुस्त रहनका लागि एप्पल वाच एसईमा विभिन्न फिचर समावेश गरिएको छ ।
त्यस्तै एप्पलले बहुप्रतिक्षित स्मार्टवाचको रुपमा रहेको एप्पल वाचको सिरिज सिक्स पनि सार्वजनिक गरेको छ । एप्पल वाच सिरिज फोर र सिरिज फाइभ जस्तै डिजाइन भएको यो वाचले रगतमा भएको अक्सिजनको मात्रा मापन गर्न सक्छ ।
यसमा रगतमा भएको अक्सिजनको मात्रा पत्ता लगाउत र निन्द्रालाई ट्र्याक गर्न सकिने फिचरका विविध सेन्सरहरु प्रयोग गरिएको छ । एप्पल वाच सिरिज सिक्स वाच ओएस सेभेनमा रन हुनेछ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया