श्रावण २९, २०८३ शुक्रबार August 14, 2026

ऐतिहासिक भागदेग : मन्दिर पुनःनिर्माणको अन्तिम चरणमा

भारतको बनारसमा रहेको काशी विश्वनाथ मन्दिर मुगल सम्राटले भत्काएपछि सोही मन्दिरको सम्झनामा यहाँ शिवको मन्दिर बनाइएको इतिहास

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

ललितपुर । विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरबार क्षेत्रभित्रको ऐतिहासिक भागदेगः (भाइदेग) मन्दिरको पुनःनिर्माण कार्य अन्तिम चरणमा पुगेको छ।

विसं १९९० को महाभूकम्पले ध्वस्त बनाएपछि गुम्बज शैलीमा ठड्याइएको यो मन्दिरलाई ९० वर्षपछि फेरि पुरानै मल्लकालीन प्यागोडा शैलीमा फर्काउन लागिएको हो।

मन्दिर पुनःनिर्माणको जिम्मा पाएको टोलीका अनुसार अबको तीन महिनाभित्र सम्पूर्ण काम सम्पन्न हुनेछ। विसं २०७१ बाटै पुनःनिर्माण सुरु भए पनि बजेट अभाव र २०७२ को भूकम्पका कारण जगमा आएको समस्याले गर्दा काममा ढिलासुस्ती भएको थियो। सुरुमा ४ करोड लागत अनुमान गरिएकोमा जग फेर्नुपर्ने अवस्था र महँगीका कारण हाल कुल लागत करिब ९ करोड रुपैयाँ पुगेको छ।

ललितपुर महानगरपालिका र विभिन्न दातृ निकायको आर्थिक सहयोगमा भइरहेको यो पुनःनिर्माणमा काठमाडौं उपत्यका संरक्षण कोष (KVPT) ले प्राविधिक सहयोग गरिरहेको छ। ऐतिहासिक दस्तावेज र पुराना तस्बिरका आधारमा मन्दिरलाई यसको मौलिक स्वरूपमा ल्याउन भक्तपुर र पाटनका दक्ष कालीगढहरूले काष्ठकलाको काम गरिरहेका छन्।

इतिहासअनुसार यो मन्दिर सत्रौँ शताब्दीमा पाटनका तत्कालीन प्रधानमन्त्री भगीराज भैया (भाइ भारदार) ले निर्माण गरेका थिए। मल्ल राजाहरूले मात्र मन्दिर बनाउने प्रचलन रहेको समयमा एक सर्वसाधारण (भारदार) ले बनाएका कारण यसलाई ‘भाइदेग’ भनिएको हो। भारतको बनारसमा रहेको काशी विश्वनाथ मन्दिर मुगल सम्राटले भत्काएपछि सोही मन्दिरको सम्झनामा यहाँ शिवको मन्दिर बनाइएको इतिहास छ। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
म्याग्दीमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली सुरु
२०८३ श्रावण २९, शुक्रबार
स्पेनिश कप २०२७ मा टर्कीमा हुने
२०८३ श्रावण २९, शुक्रबार
पत्रकार किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश ढकालको इजलासमा
२०८३ श्रावण २९, शुक्रबार
सडक सीमा पुनरावलोकन गर्न सभापति लामिछानेको ध्यानाकर्षण
२०८३ श्रावण २९, शुक्रबार
बंगलादेशका भावी राष्ट्रपतिमा बिएनपी उम्मेदवार आलमिगर सुनिश्चित
२०८३ श्रावण २९, शुक्रबार
एसियाली खेलकुदः क्यानोइङका विजय र आशिषले पोखरामा लिँदैछन् प्रशिक्षण
२०८३ श्रावण २९, शुक्रबार
पहिरोले घर पुरिँदा बाजुरामा एक जना बेपत्ता, दुई घाइते
२०८३ श्रावण २९, शुक्रबार