असोज १२, २०८३ सोमबार September 28, 2026

धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न सिरहा प्रशासनको आग्रह

सामाजिक सञ्जालमा हुने गतिविधिहरूको सूक्ष्म निगरानी भइरहेको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

सिरहा, २१ पुसः जिल्ला प्रशासन कार्यालय सिरहाले जिल्लाको धार्मिक, जातीय तथा सामाजिक सद्भावमा खलल पुग्ने गरी कुनै पनि गतिविधि नगर्न आम नागरिकमा विशेष आग्रह गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले आज एक सूचना जारी गर्दै समाजमा वैमनस्यता फैलाउने कार्य नगर्न सचेत गराउनुभएको हो ।

प्रशासनद्वारा जारी विज्ञप्तिमा एक समुदायले अर्को समुदायको धर्म, संस्कृति र आस्थामा आँच पु¥याउने, घृणा फैलाउने वा कसैको मानमर्दन गर्ने कार्यहरू राष्ट्रिय एकता र सामाजिक सौहार्दताको विरुद्ध हुने उल्लेख गरिएको छ । पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग गरी भ्रामक अफवाह फैलाउने र साम्प्रदायिक भावना भड्काउने प्रयासहरू भइरहेको भन्दै प्रशासनले यस्ता क्रियाकलापप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयले फेसबुक, टिकटक, इन्स्टाग्रामलगायतका सामाजिक सञ्जालमा हुने गतिविधिहरूको सूक्ष्म निगरानी भइरहेको स्पष्ट पारेको छ । यदि कसैले सामाजिक सद्भाव बिथोल्ने खालका सामग्री पोष्ट गरेमा वा फैलाएमा प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने चेतावनीसमेत दिइएको छ । नागरिकहरूलाई संयमित रहन र सामाजिक एकता कायम राख्न जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरिएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा
२०८३ असोज १२, सोमबार
वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित
२०८३ असोज १२, सोमबार
सूचनामा विश्वव्यापी पहुँचको लागि अन्तरराष्ट्रिय दिवस मनाइँदै
२०८३ असोज १२, सोमबार
एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा
२०८३ असोज १२, सोमबार
शैक्षिक पूर्वाधारमा ठूलो लगानी, अब उपलब्धि देखाउने दबाब
२०८३ असोज १२, सोमबार
कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना
२०८३ असोज १२, सोमबार
जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी
२०८३ असोज १२, सोमबार