भाद्र ५, २०८३ शुक्रबार August 21, 2026

राससका सेवालाई थप व्यावसायिक र प्रभावकारी बनाउन सञ्चारमन्त्री खरेलको निर्देशन

राससको विकास र थप प्रभावकारिता अभिवृद्धिका लागि सक्रिय एवं जिम्मेवार भएर लाग्नुपर्नेमा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २२ पुसः सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राष्ट्रिय समाचार समिति (रासस) का सेवालाई थप व्यावसायिक र प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ ।

मन्त्रालयमा आज रासस व्यवस्थापनसँगको छलफलमा उहाँले राससलाई देश र जनताको पक्षमा थप क्रियाशील हुन आग्रह गर्नुभयो ।

मन्त्री खरेलले हालको अवस्थामा राससको महत्त्व थप बढेको उल्लेख गर्दै निर्वाचनका पक्षमा माहोल बनाउनेगरी समाचार सामग्री सम्प्रेषण गर्न आग्रह गर्नुभयो । उहाँले राससले विश्वसनीय र सन्तुलित समाचार सम्प्रेषण गरिरहेकामा प्रशंसा गर्दै आगामी दिनमा अझ नतिजामुखी काम गर्न आग्रह गर्नुभयो ।

मन्त्री खरेलले राससको विकास र थप प्रभावकारिता अभिवृद्धिका लागि सक्रिय एवं जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिनुभयो । “राससले सम्प्रेषण गरिरहेको विश्वसनीय र स्तरीय सामाचार सामग्रीप्रति रासस परिवारलाई धन्यवाद छ”, उहाँले भन्नुभयो ।

रासस व्यवस्थापन पक्षले राससका देश र जनताको हितलाई केन्द्रमा राखेर विद्यमान सेवालाई राष्ट्रिय प्राथमिकता र जनताको सरोकारका मुद्दामा केन्द्रीत गर्ने प्रतिबद्धता जनाएको थियो । राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले हालको जिम्मेवारीलाई थप विस्तारित र व्यावसायिक बनाइने विश्वास दिलाउनुभयो ।

सञ्चारमन्त्री खरेलसँगको छलफलमा राससका कार्यकारी अध्यक्ष झा, महाप्रबन्धक सन्दीप राई, वरिष्ठ कार्यकारी व्यवस्थापक शीतलप्रसाद महतो र सञ्चालक समिति सदस्य कृष्ण अधिकारीअधिकारीलगायत सहभागी हुनुहुन्थ्यो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अब भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट
२०८३ भाद्र ६, शनिबार
सोमालियाका बालबालिका सहायता कटौतीबाट गम्भीररूपमा प्रभावितः संयुक्त राष्ट्रसङ्घ
२०८३ भाद्र ६, शनिबार
इरानका लागि युद्ध अन्त्य गर्न अनुकुल समय आएको छः इरानी राष्ट्रपति
२०८३ भाद्र ५, शुक्रबार
टी ट्वान्टी क्रिकेटः नर्दन टेरिटोरी स्ट्राइकसँग नेपाल ‘ए’ पराजित
२०८३ भाद्र ५, शुक्रबार
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
२०८३ भाद्र ५, शुक्रबार
निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी
२०८३ भाद्र ५, शुक्रबार
‘आध्यात्मिक शिक्षाले मानिसलाई स्वस्थ र अनुशासित बनाउँछ’:महामन्त्री
२०८३ भाद्र ५, शुक्रबार