मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) शुभ तथा मांगलिक सभा समारोहमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । छोटो तथा रमाइलो यात्राको तय हुनेछ । माया प्रेममा सामिप्यता बढेर जाने तथा जीवन साथीसँगको सम्बन्ध थप सुमधुर हुनेछ । खाद्यान्न तथा औषधीजन्य सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । औद्योगिक क्षेत्र तथा शेयर बजारको लगानीबाट नाफा कमाउन सकिनेछ । सवारी साधन तथा अटो पार्टस्को खरिद बिक्रीबाट मनग्गे आम्दानी हुनेछ । राजनीति तथा सामाजिक काममा जनताको साथ समर्थन पाइने योग रहेको छ ।
वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) अध्ययनमा उत्कृष्ट नतिजा हात पार्न थोरै समय लगानी नै काफी हुनेछ । छोटो तथा रमाइलो यात्राको तय गर्न सकिनेछ । विवादित विषयको निर्णय तपाईँकै पक्षमा हुनेछन् । दाजुभाइ तथा छिमेकीसँग मिलेर गरिने व्यापार व्यवसाय फस्टाएर जानेछ । भौतिक सम्पत्ति तथा नगद जुट्नाले लगानी गर्ने सहज वातावरण बन्नेछ । शेयर बजारमा आज गरिने लगानीबाट लाभ लिन सकिनेछ । प्रेममा सामिप्यता बढेर जानेछ । साँझपख यात्रा गर्दा वा सवारी चलाउँदा ध्यान दिनुहोला ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) कार्यक्षेत्रमा तपाईँको बोलीको प्रभावले महत्त्वपूर्ण अर्थ राख्दछ । सामाजिक तथा पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । नातागोताको सहयोगले सुरु गरेको कामहरू स्वतः स्फूर्त रूपमा अगाडी बढ्नेछन् । व्यापार वा वित्तीय बजारमा लगानी गरी आर्थिक पक्ष सुदृढ बनाउन सकिनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समय राम्रो रहेको छ । अध्ययनमा अरूभन्दा एक कदम अगाडी बढी पुरस्कार तथा प्रशंसा पत्र आफूतिर ल्याउन सकिनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) नयाँ प्रविधिको प्रयोग मार्फत व्यापार व्यवसायमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । आर्थिक अवस्था राम्रो हुने तथा पहिलेदेखि नउठेका रकमहरू उठ्नेछन् । समाजसेवामा जनतासँगै रहेर काम गर्न सक्दा नाम कमाउन सकिनेछ । नयाँ काम पाउने तथा नोकरीमा बढुवा हुने योग रहेको छ । माया प्रेममा एक अर्कालाई विश्वास गर्दै अगाडी बढ्न सकिनेछ । कन्फिडेन्स पावर बढ्ने हुनाले पराक्रमी काम गर्न सकिनेछ ।
सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) समय राम्रो रहेकोले विदेशी सामानको व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ । विदेशी लगानीबाट सञ्चालित संस्थामा काम पाइने वा विदेश यात्राको प्रबल सम्भावना रहेको छ । खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । शेयर बजार तथा वित्तीय क्षेत्रमा आज गरिने लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । तर पनि स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ ध्यान दिनुहोला । राज्यसँग सम्बन्धित काम गर्दा ख्याल गर्नुहोला जरिवाना पनि हुन सक्छ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) लामो समयदेखि रोकिएर बसेका कामहरू बन्नेछन् । व्यापार तथा शेयर बजारबाट आम्दानी बढ्नेछ । परिवारका इच्छा, आकांक्षा तथा मनोकामना पूर्ति गर्न सकिनेछ । पैतृक धन तथा सञ्चित धनको प्रयोग गरी आम्दानीमा वृद्धि गर्न सकिनेछ । अध्ययनमा प्रतिस्पर्धीहरूलाई उछिन्दै अग्र स्थानमा आउन सकिनेछ । प्रेमील जोडीहरूका लागी समय उत्तम रहेको छ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) नयाँ काम पाउने तथा गरिरहेको काममा बढुवा वा स्थानान्तरणको गतिलो सम्भावना रहेको छ । व्यवसाय फस्टाएर जानेछ भने लगानीका अवसर जुट्नेछ । सरकारी तथा प्रशासनिक काममा तपाईँको गतिलो उपस्थिति रहनेछ । कृषि तथा पशुपालन व्यवसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । पढाइ लेखाइमा मन जानेछ भने अध्ययनकै सिलसिलामा यात्राको तय गर्न सकिनेछ ।
वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) धार्मिक तथा पढाइ लेखाइकै सवालमा लामो दुरीको यात्रा हुनेछ । धर्म तथा अध्यात्म जस्ता क्षेत्रमा रुचि बढ्नेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा बलियो उपस्थिति रहनेछ । माया प्रेमको गाँठो कसिलो भएर जानेछ । व्यापार, शेयर बजार तथा औद्योगिक क्षेत्रको लगानी फस्टाएर जानेछ भने व्यापारकै सवालमा देश विदेशको यात्रा हुनेछ । प्रशासनिक क्षेत्रमा गतिलो तथा सम्मानजनक उपस्थिति रहनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) कुटुम्ब तथा आफन्तसँगको आर्थिक कारोबारमा मिलाउँदै नयाँ कामको थालनी गर्न सकिनेछ । अध्ययनमा ध्यान जानेछ भने कार्यक्षेत्रमा राम्रा काम गर्न सकिनेछ । पुराना समस्याहरू हल भएर जानेछन् । अध्ययन तथा कामको लागि यात्राको योग रहेको छ । आफन्त तथा दिदी बहिनीबाट तपाईँको कामका सहयोग पाइनेछ । उपहार प्राप्तिको योगलाई नकार्न सकिँदैन । वित्तीय बजारमा लगानी गरी थोरै भए पनि नाफा कमाउन सकिनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) प्रेमको बन्धन कसिलो हुने तथा जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । व्यापार तथा शेयर बजारबाट धन आर्जन गर्न सकिने तथा व्यापार विस्तारको सवालमा यात्राको तय हुनेछ । इष्टमित्र तथा सहयोगीले साथ दिने हुँदा दैनिकी सहज रूपमा बित्नेछ । भौतिक स्रोत साधनको प्रयोग गरी अपडेट हुन सकिनेछ भने पढाइ लेखाइमा प्रगति हुनेछ । साँझपखको समय मध्यम रहेकोले यात्रा गर्दा ध्यान दिनुहोला ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) विवाद तथा प्रतिस्पर्धामा विजय हुने योग रहेको छ भने न्यायालयबाट हुने न्यायिक निर्णयहरू तपाईँकै पक्षमा हुनेछन् । पढाइ लेखाइमा सहपाठीहरूलाई उछिन्दै नतिजा हात पार्न सकिनेछ । पुराना ऋण चुक्ता गरी नयाँ व्यवसाय सुचारु गर्न सकिनेछ भने शेयर बजारको लगानीबाट नाफा कमाउन सकिनेछ । स्वास्थ्यमा देखिएका समस्या हल भएर जानेछ । माया प्रेममा नजिक हुने समय रहेको छ भने मावली पक्षबाट सहयोग पाइनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) वंश वृद्धिको योग रहेको छ भने आफन्त तथा छोराछोरीको प्रगतिमा मन रमाउनेछ । बौद्धिक तथा प्राज्ञिक क्षेत्रमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । मन परेको मानिसबाट भौतिक सम्पत्ति तथा उपहार प्राप्त हुने योग रहेको छ । छोटो दुरीको रमाइलो यात्राको योग रहेको छ । शुभ तथा मांगलिक सभा समारोहमा सहभागी भई आफ्नो प्रस्तुति दिने अवसर प्राप्त हुनेछ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया