भाद्र ९, २०८३ मंगलबार August 25, 2026

दायित्व वाङ्मय प्रतिष्ठानद्वारा चार स्रष्टा सम्मानित

पुरस्कृत स्रष्टाहरूलाई नगद राशि, दोसल्ला तथा प्रमाणपत्र प्रदान गर्दै सम्मान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २५ पुस : दायित्व वाङ्मय प्रतिष्ठान नेपालले साहित्य, पत्रकारिता तथा भाषा–व्याकरणका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएका चार जना स्रष्टालाई आज यहाँ एक विशेष समारोहबीच सम्मान तथा पुरस्कृत गरेको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठान कमलादीमा आयोजित कार्यक्रममा शङ्कर कोइराला आख्यान पुरस्कारबाट मधुवन पौडेल, कुमार सरस्वती साहित्य पुरस्कारबाट प्रा डा लक्ष्मणप्रसाद गौतम, चुडामणि भाषा व्याकरण कोष पुरस्कारबाट रोचक घिमिरे तथा रामप्रसाद पन्त वाङ्मय पुरस्कारबाट किशोर पहाडी सम्मानित हुनुभएको हो ।

सो अवसरमा वरिष्ठ साहित्यकार महेश्वर शर्माले पुरस्कृत स्रष्टाहरूलाई नगद राशि, दोसल्ला तथा प्रमाणपत्र प्रदान गर्दै सम्मान गर्नुभएको थियो । सो अवसरमा उहाँले दायित्व वाङ्मय प्रतिष्ठानले विगतदेखि नै साहित्य, पत्रकारिता तथा बौद्धिक क्षेत्रमा कलम चलाउँदै आएका व्यक्तिहरूलाई सम्मान गर्दै आएकोप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

वरिष्ठ साहित्यकार शर्माले भन्नुभयो, “नेपाली साहित्य, पत्रकारिता र भाषा–व्याकरणको विकासमा योगदान पुर्याउने स्रष्टाहरूलाई यसरी सम्मान गर्नु अत्यन्तै प्रशंसनीय कार्य हो । यस्ता पुरस्कार तथा सम्मानले स्रष्टाहरूलाई थप हौसला प्रदान गर्नुका साथै साहित्यिक वातावरणलाई समेत समृद्ध बनाउँछ ।”

कार्यक्रममा सम्मानित स्रष्टाहरूले पनि आफूहरुलाई प्रदान गरिएको सम्मानप्रति खुसी व्यक्त गर्नुभयो । उहाँहरूले यस्तो सम्मानले आफ्नो सृजनात्मक यात्रामा थप जिम्मेवारी र प्रेरणा थपिएको बताउनुभयो । साहित्य, भाषा र पत्रकारिताका माध्यमबाट समाजप्रति सकारात्मक योगदान पुर्याउने प्रतिबद्धतासमेत उहाँहरूले व्यक्त गर्नुभयो ।

दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तले प्रतिष्ठानले स्रष्टा, लेखक, पत्रकार तथा भाषा–साहित्य क्षेत्रमा निरन्तर योगदान पुर्याउँदै आएका व्यक्तिहरूलाई आगामी दिनमा पनि नियमित रूपमा सम्मान तथा पुरस्कृत गर्दै जाने बताउनुभयो । उहाँले साहित्यिक क्षेत्रको प्रवर्द्धन तथा संरक्षण प्रतिष्ठानको मुख्य उद्देश्य रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा विभिन्न साहित्यकार, लेखक, पत्रकार, बुद्धिजीवी तथा साहित्यप्रेमीहरूको उल्लेख्य उपस्थिति थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ
२०८३ भाद्र ९, मंगलबार
राष्ट्रपतिद्वारा चाँगुनारायणको प्रसाद ग्रहण
२०८३ भाद्र ९, मंगलबार
सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र महानिरीक्षक पौडेल
२०८३ भाद्र ९, मंगलबार
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी
२०८३ भाद्र ९, मंगलबार
उनेपाले विद्युत् महसुलको भ्याट हटाउने, डेडिकेटेड–ट्रंक लाइनको बक्यौता असुल्ने
२०८३ भाद्र ९, मंगलबार
प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही
२०८३ भाद्र ९, मंगलबार
चीनबाट जनै आयात भएको तथ्याङ्क भेटिएन
२०८३ भाद्र ९, मंगलबार