श्रावण २९, २०८३ शुक्रबार August 14, 2026

थारू समुदायको ‘ढुम्री’ नाच लोप हुँदै

नाच लोप भएपछि प्रत्येक वर्ष कार्यक्रम गरी नाच संरक्षणमा लागे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

तुलसीपुर (दाङ), २७ पुसः थारू समुदायले माघीको अघिल्लो दिन अर्थात् पुसको अन्तिम दिन रातभर ढुम्री नाच्ने चलन थियो । गाउँका थारू समुदायका अगुवा वा महतवाको घरमा जम्मा हुने र रातभर ढुम्री गीत गाउने र नाच्ने चलन थियो । गीत गाउने, नाच्ने र रातभर आगो ताप्ने चलन थियो ।

“यो हाम्रो संस्कार हो”, थारू अगुवा आशाराम चौधरीले भन्नुभयो, “रातभर नाचगान गर्ने र बिहान त्यही ढुम्री गीत गाउँदै नदी तथा खोलामा गएर नुहाउने गरिन्थ्यो । नुहाइसकेपछि महतवाले सबैलाई टीका लगाइदिने र पुनः महतवाकै घरमा पुग्ने चलन थियो ।”

महतवाका घरमा पुगेपछि सबै आआफ्नो घरमा जाने चलन भए पनि पछिल्लो समय यो चलन हराउँदै गएको थारू अगुवा चौधरीले बताउनुभयो । “पुर्खाहरूले यस्तो चलन अपनाउनु हुन्थ्यो”, उहाँले भन्नुभयो, “तर अहिले नयाँ पुस्ताले यो कुरा चटक्कै छोड्नुभएको छ ।”

यस्तो चलन हराउँदै गएको २०–२५ वर्ष भइसकेको तुलसीपुर–१८ का फुलाराम चौधरीले बताउनुभयो । “पहिलेपहिले उहाँहरूले यसरी ढुम्री नाच नाच्नुहुन्थ्यो । तर अहिले नाच्न छोडियो”, उहाँले भन्नुभयो ।

नयाँ पुस्तालाई यो नाचका बारेमा जानकारी नहुँदा पनि समस्या हुने गरेको नमूना भुह्यारथान तुलसीपुरका अध्यक्ष रामशरण चौधरीले बताउनुभयो । उहाँका अनुसार यो नाचले थारू समुदायको एकताको भावना जागृत गर्ने भन्दै यसलाई संरक्षण गर्न लागिएको छ ।

“हाम्रो संस्कार, संस्कृति नभई थारू समुदायलाई एक भएको सन्देश दिने कुरा पनि हो, तर यो लोप हुने अवस्थामा छ, यसलाई संरक्षण गर्नुपर्छ, भनेर हामी लागिपरेका छौँ”, उहाँले भन्नुभयो । यो नाच लोप भएपछि प्रत्येक वर्ष कार्यक्रम गरी नाच संरक्षणमा लागेको उहाँले बताउनुभयो । यसले नयाँ पुस्तामा नाचका बारेमा जानकारी हुने उहाँको भनाइ छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
म्याग्दीमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली सुरु
२०८३ श्रावण २९, शुक्रबार
स्पेनिश कप २०२७ मा टर्कीमा हुने
२०८३ श्रावण २९, शुक्रबार
पत्रकार किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश ढकालको इजलासमा
२०८३ श्रावण २९, शुक्रबार
सडक सीमा पुनरावलोकन गर्न सभापति लामिछानेको ध्यानाकर्षण
२०८३ श्रावण २९, शुक्रबार
बंगलादेशका भावी राष्ट्रपतिमा बिएनपी उम्मेदवार आलमिगर सुनिश्चित
२०८३ श्रावण २९, शुक्रबार
एसियाली खेलकुदः क्यानोइङका विजय र आशिषले पोखरामा लिँदैछन् प्रशिक्षण
२०८३ श्रावण २९, शुक्रबार
पहिरोले घर पुरिँदा बाजुरामा एक जना बेपत्ता, दुई घाइते
२०८३ श्रावण २९, शुक्रबार