श्रावण २९, २०८३ शुक्रबार August 14, 2026

राष्ट्रिय हितको दायित्वबाट मिडिया टाढा रहन सक्दैनः तिमिल्सिना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मिडियाले आफ्नो अधिकार उपयोग गर्दा अरूको अधिकार हनन गर्न नहुने बताएका छन्। उनले मिडिया राष्ट्रिय हितको आफ्नो दायित्वबाट टाढा रहन नसक्ने समेत बताए।

मिडिया एक्सन नेपालको तालिमको आज यहाँ आयोजित समापन सत्रमा भिडियो कन्फ्रेन्समार्फत शुभकामना दिनुहुँदै अध्यक्ष तिमिल्सिनाले  मिडिया एक्सन नेपालले भ्रामक समाचारसम्बन्धी शोध पुस्तक प्रकाशन गरेकामा आभार व्यक्त गरे ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले सञ्चारमाध्यमले सत्यतथ्य सूचना सम्प्रेषण गर्नुपर्ने र गलत सूचना सम्प्रेषण गरेमा सञ्चारमाध्यमप्रति जनताको विश्वास गुम्ने बताए।

सञ्चारविज्ञ एवम् मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्तले तालीममा सहभागी पत्रकारले पत्रकारिताका नैतिक मानक, भ्रामक र मिथ्या समाचार, सूचना महामारीको रोकथामका सूचक, वैदेशिक नीति तथा मिडिया, तस्वीरको आधिकारिकता, लैङ्गिक संवेदनशील पत्रकारितालगायत विषयमा स्वदेशी तथा विदेशी विज्ञले प्रशिक्षण दिएको बताए। तालीममा झापा, इलाम र पाँचथरका ३० पत्रकारको सहभागिता थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया