असोज ३०, २०८३ शुक्रबार October 16, 2026

सीमासम्बन्धी अभिव्यक्ति सच्याउन सांसदहरुको माग

मुलुकको सिमानाका सम्बन्धमा बोल्दा गम्भीर हुनुपर्ने भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, २५ साउनः प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले सीमासम्बन्धी अभिव्यक्ति सच्याउन माग गर्नुभएको छ ।

गत जेठ १७ गते सीमा सम्बन्धमा प्रधानमन्त्रीबाट संसद्मा व्यक्त भएको अभिव्यक्ति सच्याउन आग्रह गर्नुभएको हो । प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदले आसनबाट उभिएर विरोध जनाउनु भएपछि सभामुखले दलीय आधारमा बोल्न समय दिनुभएको थियो । बैठकमा नेपाली कांग्रेसका सांसद रेनुका काउचाले प्रधानमन्त्रीले सीमा सम्बन्धमा दिनुभएको अभिव्यक्तिबारे हालसम्म स्पष्ट जवाफ नआएको बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद नीता घतानीले मुलुकको सिमानाका सम्बन्धमा बोल्दा गम्भीर हुनुपर्ने बताउँदै प्रधानमन्त्रीबाट राष्ट्रका नाममा हुने सम्बोधन सरकारी सञ्चार माध्यमबाट हुनुपर्ने बताउनुभयो । नेपाली कम्युनिष्ट पार्टीका सांसद गणेश विश्वकर्माले नेपाल भारत सीमाका सम्बन्धमा सरकारबाट स्पष्ट जवाफ आउनुपर्ने धारणा राख्नुभयो ।

सांसद विश्वकर्माले दलित, बधुवा श्रम, दलित भूमिहिन, लघुवित्त पीडितका माग वार्ताका माध्यमबाट सम्बोधन गर्न माग गर्नुभयो । उहाँले कानुन, न्याय तथा मानवअधिकार समितिले अन्तरराष्ट्रिय मानव अधिकारवादी संस्थालाई बोलाउनु कानुन मुताविक नभएको टिप्पणी गर्नुभयो ।श्रम संस्कृति पार्टीका सांसद धु्रवराज राईले देशको सीमा सम्बन्धमा सरकार प्रमुखबाट व्यक्त धारणा स्पष्ट हुनुपर्ने बताउनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद सरस्वती लामाले नेपाल बहुजातीय, बहुभाषी, बहुसांस्कृतिक मुलुक भएको उल्लेख गर्दै सबै धार्मिक संस्थाको दर्ता कानुनअनुसार गर्न र आर्थिक पारदर्शिता अपनाउन अनुरोध गर्नुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपतिसँग सार्ककका महासचिवको बिदाइ भेट
२०८३ असोज ३०, शुक्रबार
एनपीएललाई आईसीसीको औपचारिक मान्यता
२०८३ असोज ३०, शुक्रबार
यस्ता छन् मन्त्रिपरिषद् बैठकका १३ निर्णयहरु
२०८३ असोज ३०, शुक्रबार
प्रधानमन्त्री कार्यालयको नियमित प्रेस ब्रिफिङ : विभिन्न निकायमा ६११ जनाको नियुक्ति
२०८३ असोज ३०, शुक्रबार
सरकारले सुरक्षा फिर्ता लगेपछि एमाले कार्यालयमा पूर्वसुरक्षाकर्मी तैनाथ
२०८३ असोज ३०, शुक्रबार
दूरसञ्चार प्राधिकरणको वार्षिक प्रतिवेदन सञ्चारमन्त्रीलाई हस्तान्तरण
२०८३ असोज ३०, शुक्रबार
प्रहरीलाई सक्षम बनाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री शाह
२०८३ असोज ३०, शुक्रबार