असोज ३०, २०८३ शुक्रबार October 16, 2026

कर्णाली प्रदेशसभाः विपद् प्रतिकार्यसहित लागु औषध नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण

लागु औषध नियन्त्रणका लागि विशेष अभियान थाल्न, पुनःस्थापना केन्द्रको स्थापना र यस विरुद्ध कडा कदम चाल्नुपर्नेमा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

कर्णाली, २३ साउनः कर्णाली प्रदेशसभा सदस्यले मनसुनजन्य विपद्को प्रतिकार्यदेखि लागु औषध नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।
कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको आठौँ अधिवेशनको २६औँ बैठकको शून्य समयमा बोल्दै प्रदेशसभा सदस्य बेदराज सिंहले वर्षाको समयमा आउने बाढी पहिरो जस्तो विपद्का कारण कर्णाली प्रदेशका दशवटै जिल्ला पुग्ने बाटो बन्द हुँदै गएको उल्लेख गर्नुभयो । अवरुद्ध बाटो सुचारु गर्न, नागरिकको आवातजावतका लागि सहज वातावरण बनाउन र क्षतिपूर्तिका लागि प्याकेजमा राहतको कार्यक्रम ल्याउन सरकारको ध्यानाकर्षण गर्नुभयो ।

प्रदेशसभा सदस्य सन्तोषी शाहीले सुर्खेतमा लागु औषधबाट एक युवाको ज्यान गएकोबारे सरकारको ध्यानाकर्षण गराउँदै यसको नियन्त्रणका लागि विशेष अभियान थाल्न, पुनःस्थापना केन्द्रको स्थापना र यस विरुद्ध कडा कदम चाल्नुपर्नेमा जोड दिनुभयो । सदस्य इन्द्राकुमार शाहीले ग्यास अभाव, महङ्गीले ढाड सेकिरहेको रहेको बताउँदै सिर्जना गरिएको कृत्रिम अभाव र कालो बजारीको अनुगमन गरी उपभोक्तालाई ग्यासको आपूर्ति र वितरण प्रणालीमा सहज बनाउन अनुरोध गर्नुभयो ।

त्यस्तै, अर्का सदस्य कल्याणी खड्काले अविरल वर्षाका कारण रुकुमपश्चिममा बाढी पहिरोबाट भएको क्षतिबारे सरकारको ध्यानाकर्षण गराउँदै दीर्घकालीन र प्रभावकारी योजना कार्यान्वयनमा लाग्न र डिजिटल हिंसा नियन्त्रणका लागि सचेतनाका कार्यक्रम सञ्चालन गर्न सरकारसँग माग गर्नुभयो । सदस्य उर्मिला विश्वकर्मा सामाजिक सञ्जालको दुरुपयोगका कारण एकीकृत कृषि प्रयोगशाला सुर्खेतमा कार्यरत चन्द्रा सिंहले ज्यान गुमाएको प्रकरणको लागि आवश्यक अनुसन्धानमा सरकार गम्भीर भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै, प्रदेशसभा सदस्य बीरबहादुर शाहीले डोल्पा जिल्लाका विभिन्न ठाउँमा गएको बाढी पहिरो र त्यसले पुर्याएको क्षतिबारे सरकारको ध्यानाकर्षण गर्नुभयो । प्रदेशसभा सदस्य बिनोदकुमार शाहले कर्णाली प्रदेश लोकमार्ग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक विचारार्थ अर्थ तथा प्राकृतिक स्रोत समितिमा फिर्ता गर्नुपर्ने धारणा राख्नुभयो ।

सभामुख नन्दा गुरुङले बैठकमा मुख्यमन्त्री मङ्गलबहादुर शाहीललाई उक्त विधेयक कर्णाली प्रदेशसभा नियममावली २०८१ को १२९ उपनियम २ को खण्ड(ख) बमोजिम विचारार्थ सोही समितिमा पठाउन सभामा प्रस्ताव गर्न समय दिनुभयो । मुख्यमन्त्री शाहीले पेश गरेसँगै उक्त प्रस्ताव सभाबाट स्वीकृत भएको थियो । सभामुख गुरुङले सभाको अर्को बैठक यही साउन २६ गते दिउसो ३ः०० बस्ने जानकारी दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपतिसँग सार्ककका महासचिवको बिदाइ भेट
२०८३ असोज ३०, शुक्रबार
एनपीएललाई आईसीसीको औपचारिक मान्यता
२०८३ असोज ३०, शुक्रबार
यस्ता छन् मन्त्रिपरिषद् बैठकका १३ निर्णयहरु
२०८३ असोज ३०, शुक्रबार
प्रधानमन्त्री कार्यालयको नियमित प्रेस ब्रिफिङ : विभिन्न निकायमा ६११ जनाको नियुक्ति
२०८३ असोज ३०, शुक्रबार
सरकारले सुरक्षा फिर्ता लगेपछि एमाले कार्यालयमा पूर्वसुरक्षाकर्मी तैनाथ
२०८३ असोज ३०, शुक्रबार
दूरसञ्चार प्राधिकरणको वार्षिक प्रतिवेदन सञ्चारमन्त्रीलाई हस्तान्तरण
२०८३ असोज ३०, शुक्रबार
प्रहरीलाई सक्षम बनाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री शाह
२०८३ असोज ३०, शुक्रबार