पुष २९, २०८२ मंगलबार January 13, 2026

भरूवा बन्दुकसहित दुई जना पक्राउ

विनोद ओझा र राम बहादुर सुनार प्रहरी नियन्त्रणमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । कपिलवस्तु र स्याङ्जाबाट एकनाले भरूवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् ।

कपिलवस्तुको कृष्णनगर नगरपालिका–१२ नरैनापुर बस्ने ४२ वर्षीय विनोद ओझालाई एकनाले भरूवा बन्दुक १ थानसहित प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय कृष्णनगर र प्रहरी चौकी बेदर्मीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो ।

त्यस्तै स्याङ्जाको विरूवा गाउँपालिका–६ लेवा बस्ने ७२ वर्षीय राम बहादुर सुनारलाई एकनाले भरूवा बन्दुक १ थान र भरूवा बन्दुक बनाउन प्रयोग हुने विभिन्न औजारहरूसहित प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जा र प्रहरी चौकी बिरूवाअर्चलेबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हातहतियार फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
युक्रेनको खार्किभमा रूसी आक्रमण, चार जनाको मृत्यु
२०८२ पुष २९, मंगलबार
राष्ट्रपति पुत्री संज्ञाले लिइन् समानुपातिक बन्द सूचीबाट नाम फिर्ता
२०८२ पुष २९, मंगलबार
सबै राजनीतिक दल उत्साहका साथ निर्वाचनमा सहभागी हुनुपर्छ : सभामुख घिमिरे
२०८२ पुष २९, मंगलबार
जनमत पार्टीका केन्द्रीय सदस्य लक्ष्मी खड्कासहित १०२ जनाले पार्टी परित्यागको घोषणा
२०८२ पुष २९, मंगलबार
नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार
२०८२ पुष २९, मंगलबार
आजपा र जन अधिकार पार्टी बीच पार्टी एकीकरण
२०८२ पुष २९, मंगलबार
उद्योग, पर्यटन र युवा उद्यमको विकासबिना समृद्धि सम्भव छैन : मन्त्री श्रेष्ठ
२०८२ पुष २९, मंगलबार