श्रावण २९, २०८३ शुक्रबार August 14, 2026

गोदावरी धाममा बाह्रराशि दर्शन मकर मेला आयोजना हुने

मकर मेलाको बुधबार दिउँसो १ः०० बजे धार्मिक विधि–विधानअनुसार विशेष पूजाआजासहित मेला शुभारम्भ गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कैलाली। यहाँको प्रसिद्ध धार्मिकस्थल गोदावरी धाममा बाह्रराशि दर्शन मकर मेला २०८२ आयोजना हुने भएको छ।

देवभूमि प्रवेशद्वारका रूपमा परिचित गोदावरी नगरपालिका-४ स्थित धाममा बुधबार लघुकुम्भका रूपमा आयोजना हुँदै आएको बाह्रराशि दर्शन मकर मेला आयोजना हुने गोदावरी धाम विकास समितिका अध्यक्ष पदमराज जोशीले जानकारी दिए।

मकर मेलाको बुधबार दिउँसो १ः०० बजे धार्मिक विधिविधानअनुसार विशेष पूजाआजासहित मेला शुभारम्भ गरिने उनले जानकारी दिए।

माघ १२ गतेसम्म सञ्चालन हुने मेलामा पाँचवटा पुराण वाचन, ग्रह शान्ति, लक्षहवन, योगध्यान, भजनकीर्तन तथा धार्मिक प्रवचनजस्ता विविध धार्मिक कार्यक्रमहरू आयोजना गरिने अध्यक्ष जोशीले बताए। मेलाको शुभारम्भ कार्यक्रममा सन्तमहन्त, आचार्य, धार्मिक, सामाजिक, राजनीतिक तथा प्रशासनिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूका साथै श्रद्धालुहरूको सहभागिता रहने उनले बताए।

धार्मिक अनुष्ठान अवधिभर देशभरका श्रद्धालु, विभिन्न सामाजिक र धार्मिक सङ्घसंस्थाको सहभागिताका लागि निम्ता तथा आवश्यक प्रचारप्रसार भइरहेको विकास समितिले जनाइएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बंगलादेशका भावी राष्ट्रपतिमा बिएनपी उम्मेदवार आलमिगर सुनिश्चित
२०८३ श्रावण २९, शुक्रबार
एसियाली खेलकुदः क्यानोइङका विजय र आशिषले पोखरामा लिँदैछन् प्रशिक्षण
२०८३ श्रावण २९, शुक्रबार
पहिरोले घर पुरिँदा बाजुरामा एक जना बेपत्ता, दुई घाइते
२०८३ श्रावण २९, शुक्रबार
आजको मौसम : देशभर मनसुनी वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
२०८३ श्रावण २९, शुक्रबार
कामपाको स्रोत शिक्षकसँग कार्य सम्पादन करार सम्झौता
२०८३ श्रावण २९, शुक्रबार
रेजिडेन्ट र इन्टर्न चिकित्सकका माग तत्काल सम्बोधन गर्न चिकित्सक संघको आग्रह
२०८३ श्रावण २९, शुक्रबार
लोकतन्त्रको आत्मा : डा. शोभाकर पराजुली
२०८३ श्रावण २९, शुक्रबार