श्रावण २९, २०८३ शुक्रबार August 14, 2026

राष्ट्रपतिलाई मायाको चिनो ‘बुट्टेनली’

पाहुनालाई पहिचान झल्काउने वस्तु उपहार दिँदा जिल्लाको शिर उँचो भएको प्राचार्यको भनाइ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बागलुङ। हिजोआज विभिन्न कार्यक्रममा मायाको चिनोका रुपमा आयातित वस्तु बढी प्रयोग हुन्छन् ।

ती वस्तु न प्रयोग गर्न मिल्छन्, न त कुनै पहिचान मौलिकता झल्काउँछन् । पछिल्लो समय यदाकदा स्थानीय उत्पादनलाई कोसेलीका रुपमा दिने प्रचलन सुरु भएको छ । बागलुङको एक विद्यालयले मौलिक संस्कृतिको जगेर्ना र संरक्षणका लागि राष्ट्रपतिलाई नै ‘बुट्टेनली’ मायाको चिनोका रुपमा दिएको छ ।

आज बागलुङ नगरपालिका–१३ पैयुँपाटास्थित त्रिभुवन माध्यमिक विद्यालयको हीरक जयन्तीलाई सम्बोधन गर्न आउनुभएका राष्ट्रपति रामचन्द्र पौडेललाई ‘बुट्टेनली’ मायाको चिनोका रुपमा दिएको हो । थरिथरिका आकृति खोपेर बनाइएको बुट्टेनली जब विद्यालयका अध्यक्ष रामबहादुर केसीले राष्ट्रपति पौडेलको हातमा थमाउनुभयो, तब सुरक्षाकर्मीसहित कार्यक्रमका सहभागीहरु अचम्ममा परे ।

सो बुट्टेनली करिब दुई वर्ष पुरानो मौलिकता हो । बाँस तथा निगालोको नलीमा भगवान, चराचुरुङ्गी तथा विभिन्न आकृति बनाउने गरिन्छ । तर पछिल्लो समय बागलुङमा बुट्टेनली बनाउने मिस्त्रीहरु कमै छन् । बागलुङ जिल्लाकै पहिचान बनेको बुट्टेनली बनाउनेको सङ्ख्या घट्दै गएपछि लोप हुने अवस्थामा पुगेको छ ।

विद्यालयका अध्यक्ष केसीले पाहुनालाई पहिचान झल्काउने वस्तु उपहार दिँदा जिल्लाको शिर उँचो हुने बताउनुभयो । बुट्टेनलीले बागलुङको मौलिकता र पहिचान झल्काउने हुँदा राष्ट्रपतिलाई उपहार दिएको उहाँको भनाइ छ । यसले बुट्टेनली उत्पादन र प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने अध्यक्ष केसी बताउनुहुन्छ ।

अध्यक्ष केसीले भन्नुभयो, “हामीले देशको प्रमुखलाई बागलुङको पहिचान झल्काउने बुट्टेनली मायाको चिनोका रुपमा दियौँ, यसले हाम्रो गरिमा, पहिचान र संस्कतिलाई प्रवद्र्धन गर्छ भन्ने विश्वास छ, पहिले बुट्टेनलीको निकै बढी चर्चा हुन्थ्यो, तर अहिले पाउन पनि मुस्किल पर्छ ।”

बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले कालीगण्डकीमा पाइने शालिग्रामको राष्ट्रपति पौडेललाई उपहार दिनुभएको थियो । विश्वको एकमात्र नदी कालीगण्डकीमा मात्रै पाइने शालिग्रामको प्रवर्द्धनका लागि मायाको चिनोका रुपमा शालिग्राम दिएको प्रमुख श्रेष्ठले बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गण्डकीका नौ जिल्लामा डेङ्गी फैलियो
२०८३ श्रावण २९, शुक्रबार
आज शुक्रबारका लागि कति तोकियो विदेशी मुद्राको विनिमयदर ? हेर्नुहोस्
२०८३ श्रावण २९, शुक्रबार
दशौँ राष्ट्रिय खेलकुद आगामी मङ्सिर तेस्रो साता
२०८३ श्रावण २९, शुक्रबार
किशोर श्रेष्ठको गिरफ्तारीप्रति विश्व प्रेस काउन्सिलको आपत्ति, तत्काल रिहाइको माग
२०८३ श्रावण २८, बिहिबार
लघुवित्त पीडितसँग सरकारको ७ बुँदे सहमति, राजधानी केन्द्रित आन्दोलन स्थगित
२०८३ श्रावण २८, बिहिबार
कांग्रेस संसदीय दलका नेता आङ्देम्बे र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता
२०८३ श्रावण २८, बिहिबार
आयुर्वेद चिकित्सा परिषद्को अध्यक्षमा डा ठाकुर नियुक्त
२०८३ श्रावण २८, बिहिबार