श्रावण २९, २०८३ शुक्रबार August 14, 2026

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १ माघ : मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज देशभर विभिन्न सांस्कृतिक कार्यक्रम गरी मनाएका छन् ।

आज काठमाडौंको टुँडिखेलमा आयोजित विशेष सांस्कृतिक कार्यक्रममा मगर समुदायले आपसमा शुभकामना आदान प्रदान गरे । नेपाल मगर सङ्घ केन्द्रीय कार्यसमितिले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा मगर जातिको मौलिक संस्कृति झल्किने नाच, वेशभूषा, खानपान तथा परम्परागत खेलहरू प्रदर्शन गरिएको थियो ।

मगर जातिको राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा रहेको माघे सङ्क्रान्ति समुदायको पहिचान र परम्परालाई उजागर गर्ने पर्वका रूपमा लिइन्छ । सङ्घका अध्यक्ष ज्ञानेन्द्र पुनमगरले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालले माघे सङ्क्रान्तिलाई राष्ट्रिय पर्वको रूपमा सार्वजनिक बिदा दिएपछि समावेशी लोकतन्त्रको केही अंश भए पनि प्रत्याभूत भएको बताउनुभयो । उहाँकाअनुसार यस पर्वले मगर जातिको पहिचान, सांस्कृतिक सहभागिता, सामाजिक सद्भाव तथा सामुदायिक मानवअधिकार प्रवर्द्धनमा योगदान पु¥याउने विश्वास गरिएको छ ।

कुल पितृको सम्झनामा आज खिचडी, फलफूल तथा फूलपत्रले पूजाआजा गरिने परम्परा छ । यस अवसरमा छोरीचेलीलाई टीका टालो र मिष्ठान भोजन (खिचडी, घ्यू, तरुल, अदुवा, सेलरोटी, बारा÷बटुक, गुड आदि) दान गरी विशेष सम्मानका साथ पुजिने चलन रहेको छ ।

आजै बिहान रत्नपार्कस्थित शान्ति बाटिकाबाट टुँडिखेलसम्म मौलिक झाँकीसहितको ¥यालीसमेत आयोजना गरिएको थियो । ¥याली तथा सांस्कृतिक कार्यक्रमले मगर समुदायको मौलिक पहिचान र सांस्कृतिक सम्पदालाई काठमाडौँमा उजागर गरेको सहभागीहरूको भनाइ छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सडक सीमा पुनरावलोकन गर्न सभापति लामिछानेको ध्यानाकर्षण
२०८३ श्रावण २९, शुक्रबार
बंगलादेशका भावी राष्ट्रपतिमा बिएनपी उम्मेदवार आलमिगर सुनिश्चित
२०८३ श्रावण २९, शुक्रबार
एसियाली खेलकुदः क्यानोइङका विजय र आशिषले पोखरामा लिँदैछन् प्रशिक्षण
२०८३ श्रावण २९, शुक्रबार
पहिरोले घर पुरिँदा बाजुरामा एक जना बेपत्ता, दुई घाइते
२०८३ श्रावण २९, शुक्रबार
आजको मौसम : देशभर मनसुनी वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
२०८३ श्रावण २९, शुक्रबार
कामपाको स्रोत शिक्षकसँग कार्य सम्पादन करार सम्झौता
२०८३ श्रावण २९, शुक्रबार
रेजिडेन्ट र इन्टर्न चिकित्सकका माग तत्काल सम्बोधन गर्न चिकित्सक संघको आग्रह
२०८३ श्रावण २९, शुक्रबार