श्रावण २९, २०८३ शुक्रबार August 14, 2026

थारू समुदायमा हराउँदै घरको योजना बनाउने चलन

माघ १ गते घरमा निर्णय गरेपछि २ गते महतवाको घरमा जम्मा भएर घरको निर्णय सुनाउने चलन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

तुलसीपुर (दाङ)। थारू समुदायले माघीको पहिलो दिन आफ्नो घरको योजना बनाउने चलन थियो । घरमा भाइहरू छुट्टिने, बिहे गर्ने उमेरका सन्तान भएमा बिहे गर्ने, वर्षभरिको घरको समीक्षा गर्ने, कमाउन कहाँ जाने, खेतीपाती कसरी गर्नेलगायत विषयमा छलफल गरेर निर्णय लिने चलन थियो ।

तर अहिले त्यो चलन हराउँदै गएको थारू अगुवा रामबहादुर दहितले बताउनुभयो । “हामीले माघीलाई नयाँ वर्षका रूपमा मनाउँछौँ, पहिलो दिन माघ १ गते विगत वर्षको समीक्षा गर्ने, वर्षभरि गर्ने कामको समीक्षा गर्ने, सन्तानको विवाह गर्ने, घर निर्माण गर्नुपरेमा कसरी बनाउने, कमाउन कहाँ जाने, खेतीपाती कसरी गर्ने भनेर निर्णय गर्ने चलन थियो”, उहाँले भन्नुभयो, “तर अहिले त्यो चलन विस्तारै हराउँदै गएको छ ।”

यो थारू समुदायको संस्कारसँग जोडिनुका साथै गणप्रथाका रूपमा रहेकाले यसलाई संरक्षण गर्न आवश्यक रहेको पनि उहाँले बताउनुभयो । माघ १ गते घरमा निर्णय गरेपछि २ गते महतवाको घरमा जम्मा भएर घरको निर्णय सुनाउने चलन हुन्छ । महतवाको घरमा वर्षभरिका कामको समीक्षा गर्ने, आगामी वर्षका लागि बिहे गर्नुपर्ने चेली भए कसरी गर्ने भन्ने सल्लाह हुने गर्छ । त्यसैगरी, २ गते नै महतवा चुन्ने पनि चलन हुन्छ । त्यसपछि ३ गतेदेखि खानपिन गर्ने, रमाइलो गर्ने चलन हुन्छ ।

यसरी माघ महिनाभर थारू समुदायले माघी पर्वका रूपमा मनाउँछन् । यो पर्व थारू समुदायको नयाँ वर्षका रूपमा रहेको पर्व हो । अहिले थारू समुदायमा नाचगान चलिरहेको छ । पाँच दिन यसरी नाचगान चल्ने गर्छ । माघीमा खासगरी मघौटा नाच नाच्ने चलन हुन्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सडक सीमा पुनरावलोकन गर्न सभापति लामिछानेको ध्यानाकर्षण
२०८३ श्रावण २९, शुक्रबार
बंगलादेशका भावी राष्ट्रपतिमा बिएनपी उम्मेदवार आलमिगर सुनिश्चित
२०८३ श्रावण २९, शुक्रबार
एसियाली खेलकुदः क्यानोइङका विजय र आशिषले पोखरामा लिँदैछन् प्रशिक्षण
२०८३ श्रावण २९, शुक्रबार
पहिरोले घर पुरिँदा बाजुरामा एक जना बेपत्ता, दुई घाइते
२०८३ श्रावण २९, शुक्रबार
आजको मौसम : देशभर मनसुनी वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
२०८३ श्रावण २९, शुक्रबार
कामपाको स्रोत शिक्षकसँग कार्य सम्पादन करार सम्झौता
२०८३ श्रावण २९, शुक्रबार
रेजिडेन्ट र इन्टर्न चिकित्सकका माग तत्काल सम्बोधन गर्न चिकित्सक संघको आग्रह
२०८३ श्रावण २९, शुक्रबार