असार २४, २०८२ मंगलबार July 8, 2025

ग्रीस प्रहरीले शरणार्थीहरूलाई नयाँ शिविरमा स्थानान्तरण गर्न थाल्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः ग्रीसको लेस्बोस द्वीपको मोरिया शिविरमा राखिएका हजारौं आप्रवासी र शरणार्थीहरूलाई सोही द्वीपको अर्को स्थानमा स्थानान्तरण गर्न थालिएको छ । आगलागीका कारण शिविर सखाप भएपछि अहिले हजारौं शरणार्थी अलपत्र परेका छन् ।

प्रहरीले बिहीबार बिहानैदेखि सोही द्वीपको कारा टेप भन्ने स्थानमा जान शरणार्थीहरुलाई अनुरोध गरेको थियो । शरणार्थीलाई मनाउन ७० जना महिला प्रहरी समेत परिचालन गरिएको थियो । यो कार्यक्रम शुरु हुँदा कुनै हिंसात्मक झडप भने भएन ।  अफ्रिका र एसियाली मुलुकहरु, खासगरी इराक र सिरियाबाट युरोप प्रवेश गर्न चाहनेहरुलाई यहाँ शिविरमा राखिएको छ, र उनीहरु सबै युरोपेली मुलुक प्रवेश गर्ने चाहनामा छन् ।

मोरिया शिविरमा गत साता आगो लागेको थियो । तर प्रहरी अनुसन्धानमा मोरिया शिविरमा रहेका सानो समूहले जानाजान शिविरमा आगो लगाएको देखिएको छ । कोरोनाभाइरसका कारण शिविरमा लकडाउन गरिएपछि क्रुद्ध भएका शरणार्थीले शिविरमा आगो लगाएको अनुमान गरिएको छ ।

आगलागिका कारण १,२०० भन्दा बढी मानिसलाई आपतकालीन आश्रयको व्यवस्था गर्नु परेको थियो । मोरियाबाट द्वीपको राजधानी माइटालिन पुग्ने सडकको छेउमा ठूलो संख्यामा मानिसहरू सुतिरहेका छन् । समुद्र नजिकै नयाँ शिविरमा ठुल्ठूला पालहरु राखिएका छन् । बुधबार रातिसम्ममा, करिब आठ हजार व्यक्तिलाई पुग्ने गरी शिविर बनाइएको राष्ट्रसंघीय शरणार्थी उच्चायोगले जनाएको छ । तर यी शिविरमा निकै कमजोर एघार सय व्यक्तिले मात्र आश्रय लिएका छन् ।

शिविरमा आउने व्यक्तिको कोरोना परीक्षण गर्ने, दर्ता गर्ने र संक्रमित भए छुट्टै शिविरमा राख्ने गरिएको छ । प्रहरीले जारी गरेको वक्तव्यमा भनिएको छ, “यो जनस्वास्थ्यको संरक्षण गर्न र स्पष्ट मानवीय सामग्री सहितको कार्यबाही हो ।” मोरियामा गत हप्ताको आगलागीका लागि शंकास्पद दुई नाबालक सहित छ जना अफगानीलाई पक्राउ गरिएको छ ।

मोरियामा २,७०० भन्दा बढी व्यक्तिलाई राख्ने क्षमता छ । तर यो शिविर ध्वस्त हुनुअघि यहाँ १२ हजार ५०० भन्दा बढी व्यक्तिलाई राख्न सकिन्थ्यो । आलोचकहरुले लेस्बोसको शिविर व्यवस्थापनले युरोपको आप्रवासन नीतिलाई जिस्क्याएको आरोप लगाएका छन् ।-एपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार
आज मंगलबार, गणेश भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् तपाईंको राशिफल ?
२०८२ असार २४, मंगलबार
स्वास्थ्य उपचार र न्यायिक उपचारमा उल्झन
२०८२ असार २४, मंगलबार