असार २३, २०८२ सोमबार July 7, 2025

दुई महिनादेखि कृषि विश्वविद्यालयमा तालाबन्दी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अधिकांश समय निमित्त पदाधिकारीको भरमा रहेको यहाँको कृषि तथा वन विज्ञान विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी भएको दुई महिना पुग्नै लाग्दासम्म खुल्न सकेको छैन ।

पदाधिकारीको अभावमा विश्वविद्यालय अस्तव्यस्त बन्दै गएको छ । विश्वविद्यालयको नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनको नेतृत्वमा अस्थायी र करार कर्मचारीहरु सहितले विश्वविद्यालयमा साउन १२ गते तालाबन्दी गरेका हुन् । उनीहरुले केन्द्रीय कार्यालयसँगै कृषि र भेटेरिनरी सङ्कायमा पनि तालाबन्दी गरेका छन् ।

सङ्गठनका अध्यक्ष अचल शाक्यले त्यहाँ कार्यरत २४ करार कर्मचारीलाई स्थायी र ८५ ज्यालादारी कर्मचारीलाई करारसहितका विभिन्न माग राख्दै तालाबन्दी गरिएको बताउनुभयो ।

हाल उपकुलपतिको जिम्मेवारी पाउनुभएका डा शारदा थपलियाले आफ्नो अधिकारबाहिर गएर अन्य सबै काम गरेको भए पनि आफ्ना मागहरु सम्बोधन गर्ने विषयमा अनुदार भएकै कारण तालाबन्दी गर्नुपरेको शाक्यको भनाइ छ । यता थपलियाले अहिले तत्काल सङ्गठनको माग सम्बोधन गर्न नसकिने जानकारी दिनुभयो । उहाँले भन्नुभयो,

“नेपाल सरकारको नीति नियमले उहाँहरुले भने जस्तो गरी माग सम्बोधन गर्न सकिँदैन, यस विषयमा वार्ताका लागि अनुसन्धान निर्देशक डा. नवराज देवकोटाको संयोजकत्वमा समिति बनाइएको छ तर उहाँहरू वार्ता गर्न आउनुुभएको छैन ।” सो विश्वविद्यालयमा एक वर्षअघि दैनिक काम काज गर्ने गरी जिम्मेवारी पाउनुभएका थपलियाले नै उपकुलपतिको काम गर्दै आउनुभएको छ ।

विश्वविद्यालयको सेवा आयोगको अध्यक्ष र रजिष्ट्रार पद रिक्त छ । कृषि र भेटेरिनरी सङ्कायमा निमित्तको रुपमा उपकुलपतिको जिम्मेवारी पाउनुभएका थपलियाले निमित्त डीनहरु नियुक्त गर्नुभएको छ । अधिकांश पदाधिकारी निमित्त भएकाले विश्वविद्यालय पछिल्लो समय अस्तव्यस्त बनेको हो । रजिष्ट्रार नहुँदा विश्वविद्यालयसभा अझै हुन सकेको छैन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द
२०८२ असार २३, सोमबार
महिला एशियन कप छनोट खेलेर नेपाली राष्ट्रिय टोली स्वदेश फर्किए
२०८२ असार २३, सोमबार
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार