काठमाडौंः सरकारले सिट क्षमता अनुसार नै आन्तरिक हवाई सेवा सञ्चालन वायुसेवा सञ्चालकहरुलाइ अनुमति दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रीस्तरीय बैठकले क्षमता अनुसार नै हवाई सेवा सञ्चालन गर्न अनुमति दिएको हो ।
मन्त्रालयले नागरिक उडड्यन प्राधिकरणलाई शुक्रबार पठाएको पत्रमा सिट क्षमता तोकेको छैन् । मन्त्रालयले सिट क्षमता नतोकेपछि शतप्रतिशत क्षमतामा नै सञ्चालन गर्न दिनु भन्ने आफूहरुले बुझेको एक उच्च अधिकारीले बताएका छन् । उनका अनुसार अब असोज ५ गते सोमबारदेखि नै आन्तरिक हवाई सेवा सुचारु हुने छ ।
यसअघि सिट क्षमताको मन्त्रीपरिषद्ले ५० प्रतिशत यात्रु राखि उडान भन र चाल भाडामा ५० प्रतिशत बढि लिनसक्नेगरि निर्णय गरेको थियो । तर निजी वायु सेवा सञ्चालकहरुले ५० प्रतिशत क्षमतामा उडान गर्न नसक्ने भन्दै विरोध जनाउँदै आएका थिए ।
व्यवसायीहरुले ५० प्रतिशत क्षमतामा संचालन गर्न लागत पनि नउठ्ने भन्दै निर्णय सच्चाउन माग गर्दै आएका थिए । सरकारले कोरोना महामारी सुरु भएसँगै गत चैत ११ गतेदेखि आन्तरिक उडान सेवा रोकेको थियो । लामो तथा मध्यम दुरीका सारी साधनहरु भने असोज १ गतेदेखि सञ्चालन भइसकेका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया