माघ १३, २०८२ मंगलबार January 27, 2026

इन्डोनेसियामा प्राकृतिक प्रकोप: ८० जना अझै बेपत्ता

उद्धारकर्मी सेना, प्रहरी र स्वयंसेवकहरूको सहयोगमा प्रभावित क्षेत्रमा उत्खनन गर्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सिसरुवा, इन्डोनेसिया, ११ माघ : इन्डोनेसियामा भारी वर्षाका कारण पश्चिम बान्दुंग क्षेत्रका गाउँहरूमा शनिबार बिहान भएको  भूस्खलनमा कम्तीमा ९ जनाको मृत्यु भएको छ भने करिब ८० जना अझै बेपत्ता छन्।

खराब मौसमका कारण उद्धार कार्य राति रोकिएको थियो, तर आइतबार बिहान वर्षा कम भएसँगै उद्धार कार्य फेरि सुरु भएको छ।

उद्धारकर्मी सेना, प्रहरी र स्वयंसेवकहरूको सहयोगमा प्रभावित क्षेत्रमा उत्खनन गर्दै छन्। ड्रोन र कुकुर टोलीको प्रयोग गरी अझै पनि बेपत्ता व्यक्तिहरूको खोजी भइरहेको छ।

पश्चिम बान्दुंगका मेयरले चेतावनी दिएका छन् कि भूस्खलन भएको भूभाग निकै कठिन र जमिन अझै अस्थिर छ।

इन्डोनेसियामा वर्षाको समयमा प्रायः बाढी र भूस्खलन हुने गरेका छन्। गत वर्षको वर्षाले सुमात्रा टापुमा करिब एक  हजार२०० जनाको मृत्यु र दुई लाख ४० हजार भन्दा बढी मानिस विस्थापित भएको थियो।

वातावरणविद् र सरकारी अधिकारीहरूले वन क्षेत्र हराएको कारणले बाढी र भूस्खलन बढेको बताएका छन्।

यसै महिनामा सियाउ टापुमा परेको अत्यधिक वर्षाले  कम्तीमा १६ जनाको मृत्यु भएको थियो। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संसद् पुनःस्थापना रिटमा माघ २० मा पेसी तोकिएको हल्ला असत्य : सर्वोच्च
२०८२ माघ १३, मंगलबार
दादुरा सङ्क्रमित क्षेत्रमा खोप अभियान सुरु, तीन हजार ५४५ जनाले खोप लगाए
२०८२ माघ १३, मंगलबार
पार्टी अनुशासन पालना गर्दै आधिकारिक उम्मेदवारलाई सघाउन कांग्रेसको अपिल
२०८२ माघ १३, मंगलबार
तेइस सदस्यीय नेपाली राष्ट्रिय महिला फुटबल टोली घोषणा
२०८२ माघ १३, मंगलबार
रवि लामिछाने शिक्षण अस्पतालमा भर्ना
२०८२ माघ १३, मंगलबार
इरान–अमेरिका तनाव चुलिँदै, हिंसात्मक प्रदर्शनलाई लिएर आरोप–प्रत्यारोप
२०८२ माघ १३, मंगलबार
अस्पतालबाटै शव साटिएको घटना छानबिन गर्न समिति गठन
२०८२ माघ १३, मंगलबार