फागुण ६, २०८२ बुधबार February 18, 2026

फ्रान्समा १५ वर्ष मुनिका बालबालिकामाथि सामाजिक सञ्जालमा छिट्टै प्रतिबन्ध लगाइने

फ्रान्सका सांसदहरूले यस्तो प्रतिबन्धको लागि विधेयकमा बहस गरिरहेका छन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पेरिस, रासस/एएफपी । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले १५ वर्षमुनिका बालबालिकामाथि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने कानुनी प्रक्रियालाई तीव्र बनाउने प्रतिबद्धतालाई शनिबार दोहोर्याउनुभएको छ ।

“मैले सरकारलाई द्रुत प्रक्रियालाई सक्रिय गर्न भनेको छु ताकि यो सकेसम्म चाँडो पार गर्न सकियोस्,” उहाँले बिएफएम टेलिभिजनमा प्रसारण गरिएको आफैले रेकर्ड गरेको भिडियोमा भन्नुभएको छ।

भिडियोमा उहाँले यसलाई अर्को शैक्षिक सत्र (सेप्टेम्बर) को सुरुदेखि लागू गर्न चाहेको बताउनुभएको छ। फ्रान्सका सांसदहरूले यस्तो प्रतिबन्धको लागि विधेयकमा बहस गरिरहेका छन् । इन्स्टाग्राम, टिकटक र युट्युबजस्ता लोकप्रिय र लत लाग्ने प्लेटफर्म बन्द गरेर १६ वर्षभन्दा कम उमेरका बच्चाहरूलाई प्रतिबन्ध लगाउने अस्ट्रेलिया गत महिना पहिलो देश बनेको थियो।

उनीहरूको विधेयकको मस्यौदा सोमबार फ्रान्सेली संसदमा पेश गरिनेछ।म्याक्रोँले भन्नुभयो, “१५ वर्षभन्दा कम उमेरका बच्चाहरूलाई सामाजिक सञ्जालको पहुँचमा प्रतिबन्धको साथसाथै उहाँले विद्यालयमा विद्यार्थीहरूलाई मोबाइल फोन राख्न प्रतिबन्ध लगाउने कुराको पनि समर्थन गर्नुभयो ।

“हाम्रा बालबालिका र हाम्रा किशोरकिशोरीको दिमाग बेच्न वा चलाँउनका लागि होइन, अमेरिकी प्लेटफर्मले चलाएका छैनन्, चिनियाँ अल्गोरिदमले पनि दिएको छैन,” राष्ट्रपति म्याक्रोँले भन्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आगामी निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न हुन्छ : गृहमन्त्री अर्याल
२०८२ फागुण ६, बुधबार
सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा
२०८२ फागुण ६, बुधबार
‘भिजन टेन’ नारामा आधारित नेपाली कांग्रेसको प्रतिज्ञापत्र (पूर्णपाठसहित)
२०८२ फागुण ६, बुधबार
युक्रेन–रुस वार्ता जेनेभामा दोस्रो दिन प्रवेश
२०८२ फागुण ६, बुधबार
एन्फा महिला च्याम्पियनसिप : पुलिसलाई हराँउदै आर्मी फाइनलमा
२०८२ फागुण ६, बुधबार
इजरायलद्वारा रमजानमा अल–अक्सा जाने दश हजार प्यालेस्टिनीलाई अनुमति दिने घोषणा
२०८२ फागुण ६, बुधबार
भोजपुरमा तेह्र पक्की पुल निर्माण
२०८२ फागुण ६, बुधबार