माघ १३, २०८२ मंगलबार January 27, 2026

गण्डकीबाट राष्ट्रिय सभामा देवकोटा र तिमिल्सिना विजयी

गण्डकीमा जनमोर्चाका सांसद नरहे पनि स्थानीय तहमा तीन प्रमुख–उपप्रमुख

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं, माघ ११ गते । राष्ट्रियसभा निर्वाचनमा गण्डकी प्रदेशबाट नेपाली कांग्रेसका उम्मेदवार जगत तिमिल्सिना र नेकपा (एमाले) की उम्मेदवार सम्झना देवकोटा निर्वाचित हुनुभएको छ ।

आइतबार साँझ भएको मतगणनाको परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार तिमिल्सिना पाँच हजार ३३ मतभारसहित विजयी बन्नुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का कपिल लामाले नौ सय ४१ मतभार पाउनुभएको छ ।

राष्ट्रिय जनमोर्चाका उम्मेदवार शंकरप्रसाद बरालले ७६ मतभार पाउनुभयो । तिमिल्सिनालाई ४८ प्रदेशसभा सदस्य र एकसय ३१ स्थानीय तहका प्रमुख–उपप्रमुखले मत हाल्नुभएको छ ।

यसपालिको राष्ट्रियसभा चुनावमा नेकपा (एमाले) र नेपाली कांग्रेसले गठबन्धन गरी संयुक्त उम्मेदवारी दिएका छन् । महिला समूहबाट नेकपा (एमाले) की उम्मेदवार सम्झना देवकोटा विजयी बन्नुभयो । देवकोटाले पाँच हजार १४ मतभार पाउँदा उहाँकी प्रतिस्पर्धी गोमा लुइँटेल घिमिरेले नौ सय ४१ मतभार पाउनुभयो । राष्ट्रिय जनमोर्चाबाट सोही पदकी उम्मेदवार लक्ष्मी बास्कोटाको भागमा ७६ मतभार परेको छ ।

देवकोटाले प्रदेश सभातर्फ ४८ मत र स्थानीय तहतर्फ एकसय ३० मत जनाले मतदान गरेको पाइएको छ । अन्य समूहमा दुई प्रदेशसभा सदस्य र एक पालिकाका प्रतिनिधि र महिलामा दुई जना प्रदेश सांसद र दुई स्थानीयका तह जनप्रतिनिधिको मत बदर भएको छ ।

प्रजातन्त्रवादी प्राध्यापक सङ्घका पूर्व केन्द्रीय अध्यक्षसमेत रहनुभएका तिमिल्सिना तनहुँको शुक्लागण्डकी नगरपालिका वडा ७ का बासिन्दा हुनुहुन्छ । गोरखा नगरपालिका वडा ३, नारेश्वरकी स्थायी बासिन्दा देवकोटा अघिल्लो राष्ट्रियसभा निर्वाचनमा समेत सोही पदकी उम्मेदवार हुनुहुन्थ्यो । उहाँ गोरखा नगरपालिकामा २०७४ मा उपप्रमुख र २०७९ मा प्रमुखमा पराजित हुनुभएको थियो ।

गण्डकी प्रदेशबाट राष्ट्रियसभामा निर्वाचित नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नारायणकाजी श्रेष्ठ र एमालेकी भगवती न्यौपानेको कार्यकाल सकिन लाग्दा यहाँ चुनाव भएको हो । आइतबार भएको मतदानमा गण्डकी प्रदेशमा दुईसय २३ जना सहभागी हुनुभयो । स्थानीय तहका प्रमुख–उपप्रमुख गरी एकसय ६६ जना र प्रदेशसभाका ५७ जनाले मत हालेको प्रदेश निर्वाचन कार्यालय गण्डकीले जनाएको छ ।

गण्डकीको ६० सदस्यीय प्रदेश सभामा एक स्थान रिक्त छ । ५९ प्रदेशसभा सदस्यमध्ये राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दुई प्रदेशसभा सदस्यले मत हाल्नु भएन । राप्रपाले राष्ट्रियसभा चुनावमा भाग नलिने निर्णय गरेको छ । प्रदेशका ८५ स्थानीय तहका एक सय ७० प्रमुख–उपप्रमुखमध्ये तीन जना आइतबार अनुपस्थित हुनुभयो ।

स्याङ्जाको वालिङ नगरपालिकाकी उपप्रमुख कविता तिवारी विदेशमा हुनुहुन्छ भने स्याङ्जाकै कालिगण्डकी गाउँपालिका अध्यक्ष खिमबहादुर थापामगरले राजीनामा दिइसक्नुभएको छ । उहाँ आउँदो प्रदेशसभा निर्वाचनमा एमालेबाट स्याङ्जा २ का उम्मेदवार हुनुहुन्छ ।

मनाङको नार्पाभूमी गाउँपालिकाका अध्यक्ष कोन्जो तेन्जिङ लामा पनि मतदान गर्न आउनु भएन । नेकपा (एमाले) बाट निर्वाचित ढोरपाटन नगरपालिकाका नगर प्रमुख देवबहादुर नेपालीले अहिले पुर्पक्षका लागि जेलमा भएकाले मत हाल्न आउन पाउनु भएन ।

राष्ट्रियसभामा प्रदेश सांसदको मतभार ५३ र स्थानीय तहका प्रमुख र उपप्रमुखको मतभार १९ तोकिएको छ । गण्डकीमा कांग्रेसका सांसद २७ जना र स्थानीय तह प्रमुख र उपप्रमुख गरी ६६ जना छन् । गण्डकीमा एमालेका सांसद २२ जना छन् ।

स्थानीय तहमा प्रमुख र उपप्रमुखमा गरी ७० जना एमालेबाट निर्वाचित जनप्रतिनिधि छन् । यहाँ नेकपाका प्रदेश सांसद सात जना र स्थानीय तह प्रमुख तथा उपप्रमुख गरी ३१ जना छन् । गण्डकीमा जनमोर्चाका सांसद नरहे पनि स्थानीय तहमा तीन प्रमुख–उपप्रमुख छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संसद् पुनःस्थापना रिटमा माघ २० मा पेसी तोकिएको हल्ला असत्य : सर्वोच्च
२०८२ माघ १३, मंगलबार
दादुरा सङ्क्रमित क्षेत्रमा खोप अभियान सुरु, तीन हजार ५४५ जनाले खोप लगाए
२०८२ माघ १३, मंगलबार
पार्टी अनुशासन पालना गर्दै आधिकारिक उम्मेदवारलाई सघाउन कांग्रेसको अपिल
२०८२ माघ १३, मंगलबार
तेइस सदस्यीय नेपाली राष्ट्रिय महिला फुटबल टोली घोषणा
२०८२ माघ १३, मंगलबार
रवि लामिछाने शिक्षण अस्पतालमा भर्ना
२०८२ माघ १३, मंगलबार
इरान–अमेरिका तनाव चुलिँदै, हिंसात्मक प्रदर्शनलाई लिएर आरोप–प्रत्यारोप
२०८२ माघ १३, मंगलबार
अस्पतालबाटै शव साटिएको घटना छानबिन गर्न समिति गठन
२०८२ माघ १३, मंगलबार