श्रावण २०, २०८३ बुधबार August 5, 2026

एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टीबीच ३ बुँदे सहमति

हुम्ला र जुम्ला बाहेकका जिल्लाहरू तथा पुरानो राप्ती अञ्चलका जिल्लाहरूमा प्रलोपाले एमालेका उम्मेदवारलाई समर्थन गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेकपा एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बीच आगामी निर्वाचनलाई लक्षित गर्दै चुनावी तालमेलसम्बन्धी तीन बुँदे सहमति भएको छ ।

सहमतिअनुसार रुकुम पश्चिममा नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा र रुकुम पूर्वमा सन्दीप पुनका पक्षमा एमालेले समर्थन गर्दै आफ्ना कार्यकर्ता र मतदातालाई सहयोग गर्न आह्वान गर्नेछ । यसैगरी, कर्णाली प्रदेशका हुम्ला र जुम्ला बाहेकका जिल्लाहरू तथा पुरानो राप्ती अञ्चलका जिल्लाहरूमा भने प्रलोपाले एमालेका उम्मेदवारलाई समर्थन गर्ने सहमति भएको छ ।

दुई दलबीच भएको यो तालमेललाई निर्वाचनमा रणनीतिक सहकार्यका रूपमा हेरिएको छ, जसले दुवै दलको प्रभाव क्षेत्र विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । सहमतिपत्रमा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र प्रलोपाकी अध्यक्ष दुर्गा शोवले हस्ताक्षर गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रतिनिधिसभालाई प्रभावकारी बनाउन कार्यव्यवस्था परामर्श समितिमा छलफल
२०८३ श्रावण २०, बुधबार
नेपालले एक दिवसीय विश्वकप छनोटका लागि प्लेअफ चरणदेखि नै खेल्नुपर्ने
२०८३ श्रावण २०, बुधबार
एनटिभी उपकरण तथा सेवा खरिदबारे छानबिन गर्न गठित समितिद्वारा प्रतिवेदन पेश
२०८३ श्रावण २०, बुधबार
नेपाल ओलम्पिक कमिटीद्वारा समसुद्दिनको विदाइ
२०८३ श्रावण २०, बुधबार
राप्रपा छाडेका धवल र दुर्गा प्रसाईंले खोले ‘जय नेपाल पार्टी’
२०८३ श्रावण २०, बुधबार
मल्टि-सर्भिस सुपर एप ‘फिरिरी’ सार्वजनिक
२०८३ श्रावण २०, बुधबार
जुम्ल्याहा दिदीबहिनीसँग जुम्ल्याहा दाजुभाइको विवाह, विवाह गराउने पादरी पनि जुम्ल्याहा नै
२०८३ श्रावण २०, बुधबार