कार्तिक २९, २०८३ आइतबार November 15, 2026

आज सोमबार, शिव भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् तपाईंको राशिफल

मीनलाई आज धनलक्ष्मी योग परेकाले सम्पत्तिको सदुपयोग गर्नु राम्रो हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मेष : शिक्षामा गरेको मेहनतकाे फल मिल्नेछ । परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ । बोली र व्यवहारमा एकरुपता देखाउन नसक्दा शनिदेवको प्रभाव पर्नसक्ने भएकाले बिहान धार्मिक कार्यमा सहभागी हुनु उचित हुनेछ ।

वृष : रोगको उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ । शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ । परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

मिथुन : आजको दिन तपाईको लागि शुभ छ । नयाँ कामको थालनी गर्दा फाइदा हुने देखिन्छ । तर बोली र व्यवहारमा एकरुपताको खाँचो छ । धार्मिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ ।

कर्कट : शुभग्रहको बहुमत रहेको छ । धार्मिक क्षेत्रको काममा सहभागी हुँदा मन शान्त बन्नेछ । तपाईंका विरोधी सक्रिय भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ । पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ ।

सिंह : दिन राम्रो छ । साथीको साथ र सहयोग मिल्नेछ । शिक्षामा भन्दा स्वास्थ्यमा सुधार हुनेछ । परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ । व्यापारमा फाइदा हुने योग रहेको छ ।

कन्या : सानो कुराले मनमा खटपटी बढ्नेछ । शिक्षाको क्षेत्रमा लगानी नगर्नु उचित हुनेछ । लगानी गर्ने भए सहकार्यको खाँचो देखिन्छ । धेरै कमाउने भन्दा भएको जोगाउने बाटो रोज्नु उचित हुनेछ ।

तुला : राज्यका अंगमा भएका काममा प्रयास गरे सफलता मिल्नेछ । साना कुराले तपाईंलाई छिटो रिस उठ्नसक्ने भएकाले थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । गोपनीयता भंग नगर्नु उचित हुनेछ ।

वृश्चिक : दिन सामान्य छ । सञ्चित धन खर्च हुनेछ । सहकर्मीले तपाईंको विरोध गर्नेछन् । मन अशान्त भएकाले हरेक कुरामा विवाद हुनेछ । स्वास्थ्यमा समस्या हुनेछ ।

धनु : थोरै लगानी गरे पनि व्यापारमा ठुलो फाइदा हुने सम्भावना छ । राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ । बिहान धार्मिक कार्यमा सहभागी बन्नु उचित हुनेछ ।

मकर : आफ्नै बोलीले अप्ठेरो परिस्थिति बन्ने जोखिम रहेको छ । उपचारकोक्रममा भए स्वास्थ्यमा सुधार हुनेछ । बौद्धिक व्यक्ति विपक्षी भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्ने दिन छ । परिवारको साथ र सहयोग मिल्नेछ ।

कुम्भ : शिक्षाको माध्यमबाट अगाडि बढ्नुपर्ने दिन छ । बलले भन्दा बुद्धिले काम गर्नुपर्ने समय आएको छ । गुम्न लागेको सम्पत्ति फिर्ता हुनेछ । बौद्धिक व्यक्तिसँगको भेटले तपाईंको मनमा खुशी मिल्नेछ ।

मीन : धनलक्ष्मी योग परेकाले सम्पत्तिको सदुपयोग गर्नु राम्रो हुनेछ । गला र कलाको प्रदर्शनले तपाईंको नाम र दाम बढ्नेछ । परिवारले भन्दा साथीले गरेको प्रशंसाबाट मन शान्त बन्नेछ । शिक्षामा सफलता मिल्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अछाममा भिरबाट लडेर एक जनाको मृत्यु
२०८३ कार्तिक २८, शनिबार
रानीकोट गढीको उत्खनन र संरक्षण गर्न मुख्यमन्त्री थापामगरको ध्यानाकर्षण
२०८३ कार्तिक २८, शनिबार
राप्रपा महाधिवेशन : मंसिर ४ देखि प्रतिनिधि छनोट प्रक्रिया सुरु हुने
२०८३ कार्तिक २८, शनिबार
पर्यटन सर्किटमा जोडेर प्रदेशका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास र प्रवर्द्धन गरिनेछ : मुख्यमन्त्री भट्ट
२०८३ कार्तिक २८, शनिबार
नेपालका तीन प्रदेशका २५ लाख हेक्टर वन क्षेत्रमा कार्बन कार्यक्रम सञ्चालन गरिने
२०८३ कार्तिक २८, शनिबार
मध्यपुर अस्पतालको १६औँ साधारण सभा सम्पन्न, २० प्रतिशत शेयर सर्वसाधारणलाई निष्कासन गर्ने तयारी
२०८३ कार्तिक २८, शनिबार
लागूऔषध सहित देशका विभिन्न स्थानबाट ९ जना पक्राउ
२०८३ कार्तिक २८, शनिबार