माघ १३, २०८२ मंगलबार January 27, 2026

अमेरिकामा आँधीका कारण कम्तीमा १० जनाको मृत्युपछी उडान रद्द

वाशिङ्गटनका बासिन्दाहरू बिहान उठ्दा फुटपाथ र सडकहरूमा धेरै इन्च हिउँले ढाकिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

वाशिङ्गटन, संयुक्त राज्य अमेरिका । संयुक्त राज्य अमेरिकाका विभिन्न भागहरूमा आएको एक भयानक आँधीले कम्तिमा १० जनाको ज्यान लिएको छ । आँधीका कारण सार्वजनिक यातायात सेवा, उडान सेवा रद्द र बिजुली कटौती भएको छ । आँधीको असर सोमबारसम्म अत्यधिक देखिने बताइएको छ।

आँधीबेहरीसँगै परेको व्यापक हिम वर्षाले देशका अधिकांश भूभाग प्रभावित भएको भन्दै आर्कटिक हावाको प्रभाव धेरै दिनसम्म रहँदा सामान्य जनजीवन लामो समय (केही दिन) सम्म प्रभावित हुनसक्ने बताइएको छ।

अमेरिकी राष्ट्रिय मौसम सेवा (एनडब्ल्यूएस)ले अमेरिकीहरूलाई सोमबार बिहानसम्म मौसममा कुनै सुधार नआउने बताएको छ।

न्यूयोर्कका मेयर जोहरान ममदानीले सप्ताहन्तमा चिसो तापक्रमबीच पाँच जना मृत फेला परेको बताएका छन् । यद्यपि, उनले मृत्यु मौसमसँग सम्बन्धित भएको पुष्टि गरेनन्। उनले पत्रकारहरूसँग भने, “यसपहिले यति अत्यधिक चिसोको मलाई सम्झना छैन।”

टेक्सासमा हिउँमा चिप्लिएर खेल्ने खेल (स्लेजिङ) दुर्घटनामा एक १६ वर्षीया किशोरीको मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन्।

लुइजियानामा अत्यधिक चिसो (हाइपोथर्मिया) का कारण दुई जनाको मृत्यु भएको यहाँको स्वास्थ्य विभागले जनाएको छ ।

‘पावर आउटेज डट कम’ नामक विद्युत सेवा अवरूद्धताबारे जानकारी दिने ‘साइट’मा आइतबार रातिसम्म आँधीबाट बढी प्रभावित क्षेत्रमा आठ लाख ४० हजारभन्दा बढी ग्राहकहरू विद्युतको सेवाबाट वञ्चित भएको उल्लेख गरिएको छ।

लुइसियाना, मिसिसिपी र जर्जियामा पनि करिब तीन लाख मानिस आँधीबेहेरीका कारण सामना गर्नुपरेको विद्युत कटौतीबाट प्रभावित भएका छन् ।

अमेरिकाको संघीय राजधानी वासिङ्टनले कम्तिमा २० राज्यमा संकटकाल घोषणा गरेका छन् ।

वाशिङ्गटनका बासिन्दाहरू बिहान उठ्दा फुटपाथ र सडकहरूमा धेरै इन्च हिउँले ढाकिएको पाइएको बताएका छन् ।

संघीय कार्यालयहरू सोमबारका लागि अघिल्लो दिनको मौसमी खरावीसम्बन्धी सूचनापछि बन्द गरिएको छ ।

वाशिङ्गटन, फिलाडेल्फिया र न्यूयोर्कका धेरै प्रमुख विमानस्थलमा लगभग सबै उडानहरू रद्द भएका छन् । शनिबारदेखि देश भित्र आउने र बाहिरजाने १९ हजारभन्दा बढी उडानहरू रद्द भएका बताइएको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार आफ्नो ट्रुथ सोशल प्लेटफर्ममा भनेका छन्, “हामी यस आँधीबेहरीको बाटोमा सबै राज्यहरूसँग निगरानी र सम्पर्कमा रहनेछौँ। सुरक्षित र न्यानो रहनुहोस् !” रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संसद् पुनःस्थापना रिटमा माघ २० मा पेसी तोकिएको हल्ला असत्य : सर्वोच्च
२०८२ माघ १३, मंगलबार
दादुरा सङ्क्रमित क्षेत्रमा खोप अभियान सुरु, तीन हजार ५४५ जनाले खोप लगाए
२०८२ माघ १३, मंगलबार
पार्टी अनुशासन पालना गर्दै आधिकारिक उम्मेदवारलाई सघाउन कांग्रेसको अपिल
२०८२ माघ १३, मंगलबार
तेइस सदस्यीय नेपाली राष्ट्रिय महिला फुटबल टोली घोषणा
२०८२ माघ १३, मंगलबार
रवि लामिछाने शिक्षण अस्पतालमा भर्ना
२०८२ माघ १३, मंगलबार
इरान–अमेरिका तनाव चुलिँदै, हिंसात्मक प्रदर्शनलाई लिएर आरोप–प्रत्यारोप
२०८२ माघ १३, मंगलबार
अस्पतालबाटै शव साटिएको घटना छानबिन गर्न समिति गठन
२०८२ माघ १३, मंगलबार