माघ १३, २०८२ मंगलबार January 27, 2026

रास्वपामा सक्रिय हुदै प्रकाश सपुत

नयाँ राजनैतिक शक्ति स्थापित गराउन खुलेर सरिक हुने निधो गरेको घोषणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । गायक तथा कलाकार प्रकाश सपुतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा सक्रिय हुने घोषणा गरेका छन् ।

रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहसँगको तस्बिर शेयर गर्दै सबैको राजनैतिक आस्था र विचारको कदर गर्दै , कसैलाई अपमान र अनादर नगर्ने प्रतिवद्दतासहित नयाँ समय र नयाँ आन्दोलनको सम्बोधन गर्न नयाँ राजनैतिक शक्ति स्थापित गराउन खुलेर सरिक हुने निधो गरेको घोषणा गरेका हुन् ।

रास्वपाबाट समानुपातिक सूचीमा समेत सिफारिश भएका सपुतले भनेका छन्- ‘अब विचारको भारी होईन सुधार, विकास र समृद्दिको ज़िम्मेवारी बोक्नु पर्ने छ । कम्तिमा तपाईहरुको नेतृत्वमा यो देशको सुधार हुनेछ र समृद्ध नेपालको  शुरुवात मात्रै भए पनि हुनेछ । र, म त्यो सुधार र समृद्धिको यात्रामा तपाईहरुलाई खबरदारी गर्दै साथी र साँची हुन आएको छु ।’

उनले लामिछाने र बालेनलाई अहिले आम नेपालीहरुले कुनै व्यक्ति र शक्ति (दल) लाई  विश्वास गर्न लागेको र मतदाताको मुहारमा अन्तिम आसा र उत्साह देखेको उल्लेख गर्दै  उनीहरुलाई निरास बनाउने छुट नभएको बताएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संसद् पुनःस्थापना रिटमा माघ २० मा पेसी तोकिएको हल्ला असत्य : सर्वोच्च
२०८२ माघ १३, मंगलबार
दादुरा सङ्क्रमित क्षेत्रमा खोप अभियान सुरु, तीन हजार ५४५ जनाले खोप लगाए
२०८२ माघ १३, मंगलबार
पार्टी अनुशासन पालना गर्दै आधिकारिक उम्मेदवारलाई सघाउन कांग्रेसको अपिल
२०८२ माघ १३, मंगलबार
तेइस सदस्यीय नेपाली राष्ट्रिय महिला फुटबल टोली घोषणा
२०८२ माघ १३, मंगलबार
रवि लामिछाने शिक्षण अस्पतालमा भर्ना
२०८२ माघ १३, मंगलबार
इरान–अमेरिका तनाव चुलिँदै, हिंसात्मक प्रदर्शनलाई लिएर आरोप–प्रत्यारोप
२०८२ माघ १३, मंगलबार
अस्पतालबाटै शव साटिएको घटना छानबिन गर्न समिति गठन
२०८२ माघ १३, मंगलबार