माघ १६, २०८२ शुक्रबार January 30, 2026

गगन थापालाई सघाउन प्रदेश सांंसद उम्मेदवारदेखि निर्वाचित ४ वडाध्यक्ष कांग्रेस प्रवेश

सर्लाही क्षेत्र नं ४का स्वतन्त्र उम्मेदवार महेन्द्र यादव पनि कांग्रेसमा जोडिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सर्लाही। नेपाली कांग्रेसका सभापति गगन कुमार थापा सर्लाही क्षेत्र नं ४ बाट प्रतिनिधि सभामा उम्मेदवार बनेपछि विभिन्न पार्टीबाट नेपाली कांग्रेसमा प्रवेश गर्ने लहर चलेको छ। कांग्रेस उम्मेदवार थापालाई सघाउनका लागि सर्लाही क्षेत्र नं ४का प्रदेश सांंसद उम्मेवारदेखि गोडैता नगरपालिकाका चार वडाका वडाध्यक्ष कांग्रेसमा प्रवेश गरेका हुन्।

गगनलाई सघाउन सांसद उम्मेवारसहित गोडैताका चार वडाध्यक्ष कांग्रेसमा प्रवेशबहुजन पार्टीबाट सर्लाही क्षेत्र नं ४ ख प्रदेशका उम्मेदवार कृष्ण कुमार कुशवाहसहित चार वडाध्यक्षलाई कांग्रेस सभापति गगन थापाले बुधबार सर्लाहीमा आयोजित एक कार्यक्रममा पार्टी प्रवेश गराएका हुन्। सर्लाहीमा आयोजित कार्यक्रममा कुशवाहसहित गोडैता नगरपालिका वडा नं १का वडाध्यक्ष सुजित महतो, वडा नं २का वडाध्यक्ष अजय प्रसाद शाह, वडा नं ५का वडाध्यक्ष प्रकाश गुप्ता, वडा नं ११का वडाध्यक्ष विश्वनाथ पण्डित कांग्रेसमा प्रवेश गरेर गगन थापालाई सहयोग गर्ने प्रतिवद्धता जनाए ।

वडा नं १का वडाध्यक्ष महतो र वडा नं २का वडाध्यक्ष नेपाल कम्युनिष्ट पार्टी, वडा नं २का वडाध्यक्ष शाह नेपाल कम्युनिष्ट पार्टी, वडा नं ५का वडाध्यक्ष गुप्ता जसपा, वडा न ११का वडाध्यक्ष पण्डित एमालेबाट वडाध्यक्ष विजयी भएका थिए।

त्यसैगरी बसबरियाका जसपा नेता मुकेश यादव, वडासदस्य लालु मन्सुर पनि कांग्रेस प्रवेश गरेका छन् । मुलुकको विकास गर्न सक्ने भिजन भएको कांग्रेस सभापति थापा आफ्नो क्षेत्रमा आएकाले चुनावमा जिताउनका लागि कांग्रेस प्रवेश गरेको उनीहरुले बताए । यस अघि सर्लाही क्षेत्र नं ४का स्वतन्त्र उम्मेदवार महेन्द्र यादव पनि कांग्रेसमा प्रवेश गरेका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भेनेजुएलाको तेल क्षेत्रमा निजीकरणको बाटो खुल्यो
२०८२ माघ १६, शुक्रबार
व्यास नगरपालिकाको अल्ट्रा म्याराथनमा नेपाली सेनाको वर्चस्व, करन रावल प्रथम
२०८२ माघ १६, शुक्रबार
सहिदको सपना र बलिदानको रक्षा नै आजको मुख्य दायित्व : नैनसिंह महर
२०८२ माघ १६, शुक्रबार
अर्थ मन्त्रालयको दोस्रो त्रैमासिक कार्यप्रगतिः पुँजीगत खर्च घट्यो, राजस्वमा डेढ खर्बको खाडल
२०८२ माघ १६, शुक्रबार
विधिको शासन, जनउत्तरदायी राज्य र कर्मशील नागरिकबाट मात्र सहिदका सपना पूरा हुन्छ: रास्वपा
२०८२ माघ १६, शुक्रबार
सर्लाहीमा ४ लाखभन्दा बढीलाई हात्तीपाइलेविरुद्धको औषधि खुवाइने
२०८२ माघ १६, शुक्रबार
आचारसंहिता पालन गर्ने दल र उम्मेदवारको प्रतिबद्धता
२०८२ माघ १६, शुक्रबार