माघ १६, २०८२ शुक्रबार January 30, 2026

राष्ट्रिय जनमोर्चाको चुनावी घोषणापत्र सार्वजनिक

संघीयता खारेजीको एजेन्डासहित देशको राष्ट्रियता, सार्वभौमता र अखण्डताको रक्षा हुनुपर्ने बिषय समावेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको एजेन्डासहितको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । बुधवार बुटवलमा आयोजित एक कार्यक्रमकाबिच राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी लगायतका नेताहरूले प्रतिनिधिसभा निर्वाचन घोषणा पत्र २०८२ सार्वजनिक गरेका हुन् ।

पार्टीको घोषणापत्र सार्वजनिक गर्दै अध्यक्ष केसीले संघीयता खारेज हुनुपर्ने र देशको राष्ट्रियता, सार्वभौमता र अखण्डताको रक्षा हुनुपर्नेलगायतका विषयलाई समावेश गरेर घोषणा पत्र सार्वजनिक गरिएको बताए ।

उनले यसअघिको सरकारमा, सत्तामा भएकाबाट आफ्ना उद्देश्य पूरा नहुने हुनाले चलिरहेको संसदलाई विघटन गरेर एनजिओ आइएनजीओका मान्छे सरकारमा राखेर चुनाव गराउन खोजिएको आरोप लगाए । समयमा नै चुनाव नहुने विश्वासका साथ सरकारमा गएकाहरू चुनाव हुने भए पनि आफ्नो फाइदा हेरेर राजीनामा दिँदै चुनावमा होमिएको उनले बताए ।

अध्यक्ष केसीले नेपाल राष्ट्रमाथि, नेपाली जनतामाथि अहिले ठुलो सङ्कट रहेको र देशको राष्ट्रियता नै अप्ठ्यारो स्थितिमा रहेको धारणा राखे । उनले हरेक निर्वाचनबाट मुलुकलाई अप्ठेरोमा पार्ने व्यक्तिहरू नै सत्तामा आउने गरेको भन्दै यस पटक जनताले नै गम्भीर भएर देशका लागि काम गर्ने व्यक्तिलाई मद्दत गरेर सदनमा पठाउन आग्रह गरे ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भेनेजुएलाको तेल क्षेत्रमा निजीकरणको बाटो खुल्यो
२०८२ माघ १६, शुक्रबार
व्यास नगरपालिकाको अल्ट्रा म्याराथनमा नेपाली सेनाको वर्चस्व, करन रावल प्रथम
२०८२ माघ १६, शुक्रबार
सहिदको सपना र बलिदानको रक्षा नै आजको मुख्य दायित्व : नैनसिंह महर
२०८२ माघ १६, शुक्रबार
अर्थ मन्त्रालयको दोस्रो त्रैमासिक कार्यप्रगतिः पुँजीगत खर्च घट्यो, राजस्वमा डेढ खर्बको खाडल
२०८२ माघ १६, शुक्रबार
विधिको शासन, जनउत्तरदायी राज्य र कर्मशील नागरिकबाट मात्र सहिदका सपना पूरा हुन्छ: रास्वपा
२०८२ माघ १६, शुक्रबार
सर्लाहीमा ४ लाखभन्दा बढीलाई हात्तीपाइलेविरुद्धको औषधि खुवाइने
२०८२ माघ १६, शुक्रबार
आचारसंहिता पालन गर्ने दल र उम्मेदवारको प्रतिबद्धता
२०८२ माघ १६, शुक्रबार