असार २३, २०८३ मंगलबार July 7, 2026

कुन दिन नङ काट्ने ? यस्तो छ शास्त्रीय मार्गदर्शन

शास्त्र अनुसार सोमबार, बुधबार, शुक्रबार र आइतबार, यी चार दिन नङ काट्नु शुभ मानिन्छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं । नङ काट्नु हाम्रो नियमित काम हो । तर, के तपाईंलाई थाहा छ, यो सानो क्रियाले पनि तपाईंको जीवनमा ठूलो प्रभाव पार्न सक्छ भनेर । हाम्रो चालचलन, व्यवहार, र सोचाइले मात्र होइन, यस्ता साना–साना कामहरूले पनि उर्जा बोकेका हुन्छन् । त्यसैले शास्त्रीय मान्यताले नङ सही दिन र सही समयमा काट्नुपर्छ भनेर उल्लेख गरेको छ ।

कुन दिन काट्ने ?

शास्त्र अनुसार सोमबार, बुधबार, शुक्रबार र आइतबार, यी चार दिन नङ काट्नु शुभ मानिन्छ ।

सोमबार : मानसिक शान्तिको संकेत

बुधबार : बुद्धिको विकास

शुक्रबार : प्रेम र सौन्दर्यमा वृद्धि

-आइतबार : दरिद्रता हटाउने, स्पष्ट सोच ल्याउने, सफलता दिलाउने दिन । आइतबारलाई त शास्त्रले “शुभको राजा” मानेको छ । यदि नयाँ सोच, सफलताको सुरुवात वा सकारात्मक उर्जा चाहनुहुन्छ भने आइतबार नङ काट्नु पर्छ ।

कहिले काट्नु हुँदैन

राति कहिल्यै पनि नङ काट्नु हुँदैन । किनभने रातमा नङ काट्नाले घरमा नकारात्मक उर्जा आउँछ, धनको नोक्सानी हुन्छ र मानसिक तनाव बढ्छ भन्ने मान्यता छ । त्यसैले उज्यालो समयमा, विशेषगरी बिहान वा दिउँसो नङ काट्नु उत्तम मानिन्छ ।

के यी कुरा अन्धविश्वास हुन ?

यी नियम अनुशासन र अनुभवमा आधारित छन् । हाम्रा पुर्खाहरूले बनाएको जीवनशैलीका मार्गदर्शन हुन् । शरीरको सफाइ मात्र होइन, आत्माको शुद्धताको अभ्यास पनि हो नङ काट्नु । यो नियम केवल धर्म वा परम्परा मात्र होइन, सकारात्मक दिनचर्याको लागि सन्देश पनि हो । साना कुरामा ध्यान दिँदा ठूलो परिवर्तन सम्भव छ । जसरी स–साना नङले पनि सौन्दर्य बढाउँछ, त्यसरी नै सही समयमा नङ काट्दा जीवन अझ सन्तुलित र उर्जाशील बन्न सक्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नक्कली भुटानी शरणार्थी प्रकरणः रायमाझी र खाँणसहित अधिकांश प्रतिवादी दोषी ठहर, सात जनालाई सफाइ
२०८३ असार २३, मंगलबार
सुदूरपश्चिम प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट टेबल
२०८३ असार २३, मंगलबार
चार विधेयक विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृत
२०८३ असार २३, मंगलबार
सूचनाको हक मन्त्रालयको उच्च प्राथमिकतामा : मन्त्री डा तिमिल्सिना
२०८३ असार २३, मंगलबार
सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : मन्त्री खनाल
२०८३ असार २३, मंगलबार
अब गृह प्रशासनको यात्रा सुरक्षा, सुशासन र निष्पक्षताको ठोस नतिजामा देखिनेछ : गृहमन्त्री
२०८३ असार २३, मंगलबार
प्रधानमन्त्री कार्यालयको निर्देशनपछि डिडिसीमा दूधको गुणस्तर सुधार
२०८३ असार २३, मंगलबार