काठमाडौं । निर्वाचनसँगै नेताहरूको दल अदलबदल तीव्र हुन्छ । आफूआबद्ध दलले टिकट नदिएपछि नेताहरूले पार्टी परित्याग गर्दै अर्को पार्टीमा प्रवेश गर्दै टिकट लिन्छन् । तर मधेशवादी पार्टीहरूले भने निर्वाचनसँगै हराउने र नयाँ बन्नेमा इतिहास नै रचेका छन् । २०७२ सालमा संविधान जारी भएपछि २०७४ र २०७९ सालमा दुई पटक संसदीय निर्वाचन भयो । २०८२ मा तेस्रोपटक निर्वाचन हुँदै छ । जेनजी विद्रोहका कारण तीन वर्षमै आगामी २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरू उम्मेदवारी दर्तासँगै चुनावी दौडधुपमा छन् ।
२०८२ को प्रतिनिधिसभा निर्वाचनका लागि १७ भन्दा बढी मधेशवादी दल निर्वाचनमा प्रतिस्पर्धा गर्दै छन् । अन्तरिम संविधान जारी भएपछिको २०६४ सालमा भएको संसदीय निर्वाचनमा सहभागी कुनै पनि मधेशवादी दल यसपटकको निर्वाचनमा सोही नामले सहभागी छैनन् ।
उपेन्द्रका पार्टी कत्ति कत्ति !
दलका नेताहरू मात्र नभई मधेशवादी दल नै अदलबदल भएको देखिन्छ । २०७४ सालको निर्वाचनमा सहभागी संघीय समाजवादी फोरम नेपाल यसपटकको निर्वाचनमा छैन । तर यसबीचमा पार्टी एकता गर्दै जनता समाजवादी पार्टी नेपाल (जसपा)को नामले यो पार्टी निर्वाचनमा सहभागी हुँदै छ । उपेन्द्र यादव नेतृत्वको जसपा मधेश आन्दोलनसँगै मधेशी जनअधिकार फोरम नेपाल गठन गरेर २०६४ सालको निर्वाचनमा सहभागी भएको थियो ।
२०८२ को प्रतिनिधिसभा निर्वाचनका लागि १७ भन्दा बढी मधेशवादी दल निर्वाचनमा प्रतिस्पर्धा गर्दै छन् । अन्तरिम संविधान जारी भएपछिको २०६४ सालमा भएको संसदीय निर्वाचनमा सहभागी कुनै पनि मधेशवादी दल यसपटकको निर्वाचनमा सोही नामले सहभागी छैनन् ।
यसबीचमा उपेन्द्र यादव नेतृत्वको पार्टी दर्जनौं पटक विभाजन मात्रै भएन, एकीकरणमा पनि इतिहास नै रचेको छ । २१ फागुनमा हुन गइरहेको निर्वाचनमा सहभागी हुनुभन्दा अघि पटक–पटक विभाजनको चोट खाएका यादवले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)सँग एकीकरण गरे । मधेशी जनअधिकार फोरम गठन गरेर पटक पटक विभाजन र एकीकरण गर्दै आएका यादव नेतृत्वको जसपा २०७९ र २०८२ सालको निर्वाचनमा भने एउटै नाम जसपाबाट निर्वाचनमा सहभागी भयो ।
महन्थ ठाकुर :
१२ वर्षमा ४ दल अदलबदल मधेश आन्दोलनसँगै २०६४ सालको निर्वाचनमा तराई मधेश लोकतान्त्रिक पार्टी नेपाल (तमलोपा) बाट सहभागी भएका महन्थ ठाकुर अहिले जसपा नामको पार्टीबाट निर्वाचनमा सहभागी हँुदैछन् । निर्वाचनपिच्छे दल विभाजन र पार्टी एकतामा ठाकुरले पनि यादवजस्तै इतिहास रचेका छन् । तमलोपा, राष्ट्रिय जनता पार्टी नेपाल (राजपा), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) हुँदै ठाकुर अहिले जसपा नामको पार्टीका संरक्षक छन् । नेपाली कांग्रेसका पूर्वनेता ठाकुरले मधेश आन्दोलनसँगै आङ्खनै नेतृत्वमा तमलोपा गठन गरेका थिए ।
निर्माण र विलयमा महतोको माथ
दल अदलबदलमा राजेन्द्र महतोले समेत इतिहास रचेका छन् । नेपाल सद्भावना पार्टीबाट राजनीतिक यात्रा सुरु गरेका महतो राष्ट्रिय मुक्ति पार्टी नेपाल (रामुपा) नामको दलबाट अहिले निर्वाचनमा सहभागी हँुदै छन् । नेसपामा विवाद भएपछि आङ्खनै नेतृत्वमा सद्भावना पार्टी गठन गरेका महतो यसबीचमा सद्भावना पार्टी, राजपा, जसपा, लोसपा हँुदै अहिले रामुपाको नेतृत्व गर्दै निर्वाचनमा सहभागी हँुदैछन् ।
सद्भावना सक्दै एमाले भए अनिल
नेपाल सद्भावना पार्टी (नेसपा) बाट सुरु भएको मधेश राजनीति अहिले इतिहास नै बनेको छ । २०८२ सालको निर्वाचनमा नेपाल सद्भावना पार्टीबाट कोही उम्मेदवार देखिएनन् । नेसपा अध्यक्ष भएको दाबी गरेका अनिलकुमार झाले नेपाल कम्युनिस्ट पार्टी (एमाले)मा प्रवेश गर्दै सूर्य चिह्नबाट उम्मेदवारी दिएका छन् । नेसपाको पन्जा छाप मात्रै होइन, नेपाल सद्भावना पार्टी पनि हराएको छ ।
यस्तो छ उदय र विलयको शृंखला
२०७४ सालको निर्वाचनमा संघीय समाजवादी पार्टी फोरम, राजपा, नेपाल लोकतान्त्रिक फोरम, नेपाली जनता दलसहितका दलहरू सहभागी थिए । तर २०७९ सालको निर्वाचनमा सहभागी भएको नेपाली जनता पार्टी मात्रै अहिले सहभागी हुँदैछ । अन्य दलहरू कुनै हराए भने कुनै अर्कै नाममा उदाए ।
२०७९ को निर्वाचनमा जसपा, जनमत, नागरिक उन्मुक्ति पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा), पिछडावर्ग निषाध दलित पार्टी, नेपाल संघीय समाजवादी पार्टी, नेपाली जनता दल, बहुजन शक्ति पार्टी, नेपाल सद्भावना पार्टी, जनता प्रगतिशील पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय जनमुक्ति पार्टी, जनसमाजवादी पार्टी नेपाल, गान्धीवादी पार्टी नेपाल, नेपाल जनता पार्टी, बहुजन एकता पार्टी नेपालसहितका दलहरू सहभागी थिए ।
२०७४ को निर्वाचन हँुदै २०७९ र २०८२ को तीन वटै निर्वाचनमा एउटै दलको नामले सहभागी हुने नेपाली जनता दलमात्रै छ । आगामी २१ फागुनको निर्वाचनमा जनता समाजवादी पार्टी नेपाल, नेपाल जनता संरक्षण पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, जनता लोकतान्त्रिक पार्टी नेपाल, राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनअधिकार पार्टी, संयुक्त नागरिक पार्टी, जय मातृभूमि पार्टी, ऐतिहासिक जनता पार्टीहरू सहभागी हँुदै छन् ।
२०८२ र २०७९ सालको दुवै निर्वाचनमा जसपा, जनमत पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, नेपाल संघीय समाजवादी पार्टी, नेपाली जनता दल, बहुजन शक्ति पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल जनता पार्टी, बहुजन एकता पार्टी नेपालसहितका दलहरू उही नामले सहभागी भए । २०७९ सालको निर्वाचनमा सहभागी भएको नागरिक उन्मुक्ति पार्टी पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक रहेको नेपाल कम्युनिस्ट पार्टीमा विलय भइसकेको छ ।
तर एउटा समूह भने नागरिक उन्मुक्ति पार्टी नेपालको नाममा पुनः अर्को दल गठन गरेर २०८२ को निर्वाचनमा सहभागी हुँदै छ । २०७४, २०७९ र २०८२ सालसहित संविधान जारी भएपछि भएको तीन संसदीय निर्वाचनमा एउटै दलको नामले तीनवटै निर्वाचन सहभागी हुने मधेश केन्द्रित दल नेपाली जनता दल मात्रै छ ।
अन्य सबै दल निर्वाचनअघि पार्टी एकता र विभाजन गर्दै दलको नाम परिवर्तन गर्दै निर्वाचनमा सहभागी भएका छन् । नेपालको कम्युनिस्ट पार्टीको विभाजन र एकीकरणको लामो इतिहासलाई मधेशकेन्द्रित दलहरूले अनुशरण गरेका छन् । सोहीअनुसार मधेश केन्द्रित दलहरू विभाजन र एकीकरण गर्दै अघि बढेका छन् तर मधेशको एक सशक्त पार्टी अझै बन्न सकेका छैनन् । राजधानी दैनिक
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया