माघ १६, २०८२ शुक्रबार January 30, 2026

अघि बढ्यो धरानको पानी परियोजना

धरानको दीर्घकालीन खानेपानी समस्यालाई कम गर्न तीनवटा डिप बोरिङ (वेल) सञ्चालनमा ल्याउने तयारी अन्तिम चरणमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सुनसरी । धरानको मुख्य समस्या रहेको खानेपानी संकट समाधानतर्फ पहल सुरु भएको छ। धरानमा दैनिक ४० देखि ६० लाख लिटर खानेपानी थप उत्पादन गरी वितरण गर्ने तयारी अन्तिम चरणमा पुगेको छ।

कोशी प्रदेश सरकारको सहयोगमा निर्माण गरिएका तीन वटा डिप बोरिङ (वेल) बाट उत्पादन हुने पानीलाई अब धरान खानेपानी व्यवस्थापन बोर्डले ट्रंकलाइनमार्फत उपभोक्तासम्म पुर्‍याउने भएको छ। धरान खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष तथा कार्यवाहक मेयर अइन्द्रविक्रम बेघा, प्रदेश सांसद रमेश बस्नेत तथा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय इटहरीका प्रमुख विकास काफ्लेसहितको टोलीले बुधबार बोरिङबाट पानी उत्पादनको स्थलगत परीक्षण गरेका छन्।

यसअघि निवर्तमान मेयर तथा बोर्डका तत्कालीन अध्यक्ष हर्क साम्पाङको कार्यकालमा पनि परीक्षण गरिएको थियो। तर, ‘टेक्निकल अडिट’बिना जिम्मा नलिने अडान लिँदै साम्पाङले वितरण प्रणालीमा जडान गर्न अस्वीकार गरेपछि प्रदेश सरकारको यो परियोजना लामो समयसम्म अघि बढ्न सकेको थिएन।

प्रदेश सरकारले दुई आर्थिक वर्षमा तीनवटा वेल बोरिङ, पानी उत्पादन तथा जडान कार्यसमेतका लागि बजेट विनियोजन गरेको थियो। एउटा वेलबाट २० लिटर प्रतिसेकेन्ड अर्थात् २४ घण्टामा करिब २० लाख लिटर पानी उत्पादन हुने गरी डिजाइन गरिएको छ। तीनवटै वेल सञ्चालनमा आएपछि धरानमा दैनिक न्यूनतम ४० देखि अधिकतम ६० लाख लिटर खानेपानी उत्पादन गरी वितरण गरिने धरानका कार्यवाहक मेयर अइन्द्रविक्रम बेघाले बताएका छन्। ठेकेदार कम्पनीले एउटा बुस्टर पम्प थप गरेपछि १५ दिनभित्र जडान कार्य सम्पन्न हुने र उत्पादन भएको पानी २० दिनभित्र उपभोक्ताको घर–घरमा पुर्‍याउने उनले बताए।

कोशी प्रदेशसभा सदस्यद्वय रमेश बस्नेत र विजयकुमार राईको विशेष पहलमा प्रदेश सरकारले अघिल्ला दुई आर्थिक वर्षमा धरानको खानेपानी समस्यालाई सम्बोधन गर्न बजेट विनियोजन गरेको थियो। खानेपानी समस्या कम गर्नका लागि धरानको चारकोसे जंगल क्षेत्रमा दुईवटा डिप बोरिङ गरिएको छ भने धरान–१७ स्थित कुम्भीआहाल क्षेत्रमा एक वटा बोरिङ निर्माण गरिएको खानेपनी व्यवस्थापन बोर्डका निर्देशक इन्जिनियर राजु पोखरेलले बताए।

तीन डिप बोरिङबाट दैनिक ६० लाख लिटरसम्म पानी उत्पादन हुने

प्रदेश सांसद रमेश बस्नेतले धरानको खानेपानी समस्या दीर्घकालीन रूपमा समाधान नभएसम्म तत्कालका लागि बोरिङमार्फत भए पनि पानी उत्पादन गरी आपूर्ति सहज बनाउने उद्देश्यले प्रदेश सरकारले बजेट व्यवस्था गरेको बताए। विभिन्न कारणले जडान र वितरणमा ढिलाइ भए पनि अब केही हदसम्म पानी आपूर्ति सहज हुने उनको भनाइ छ।

प्रदेश सरकारले आर्थिक वर्ष २०८०÷८१ मा तीन वटा डिप बोरिङ निर्माणका लागि कुल ४ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो। ठेक्कामार्फत १ करोड ५१ लाख ४५ हजार ९०९ रुपैयाँमा तीनवटा डिप बोरिङ सम्पन्न गरिएको थियो। यस्तै, आर्थिक वर्ष २०८१÷८२ मा इलेक्ट्रो–मेकानिकल कार्यका लागि ३ करोड ३० लाख रुपैयाँ बजेट विनियोजन गरिएकोमा ठेक्कामार्फत २ करोड ७९ लाख ४० हजार ४१ रुपैयाँमा काम सम्पन्न भएको बताइएको छ।

उद्योग वाणिज्य संघ सुनसरीका अध्यक्ष तथा खानेपानी ब्यबस्थापन बोर्ड का सदस्य गोपाल श्रेष्ठ गोपाल श्रेष्ठले पनि बोरिङबाट थपिने पानीले धरानको खानेपानी संकट छिट्टै समाधानतर्फ जाने विश्वास व्यक्त गरे। ‘लामो समयदेखि धरानवासीले भोग्दै आएको पानीको समस्या अब क्रमशः समाधान हुँदैछ, प्राविधिक तयारी पूरा भएपछि आपूर्ति सहज हुन्छ,’ उनले भने। अन्नपूर्णपोष्ट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भेनेजुएलाको तेल क्षेत्रमा निजीकरणको बाटो खुल्यो
२०८२ माघ १६, शुक्रबार
व्यास नगरपालिकाको अल्ट्रा म्याराथनमा नेपाली सेनाको वर्चस्व, करन रावल प्रथम
२०८२ माघ १६, शुक्रबार
सहिदको सपना र बलिदानको रक्षा नै आजको मुख्य दायित्व : नैनसिंह महर
२०८२ माघ १६, शुक्रबार
अर्थ मन्त्रालयको दोस्रो त्रैमासिक कार्यप्रगतिः पुँजीगत खर्च घट्यो, राजस्वमा डेढ खर्बको खाडल
२०८२ माघ १६, शुक्रबार
विधिको शासन, जनउत्तरदायी राज्य र कर्मशील नागरिकबाट मात्र सहिदका सपना पूरा हुन्छ: रास्वपा
२०८२ माघ १६, शुक्रबार
सर्लाहीमा ४ लाखभन्दा बढीलाई हात्तीपाइलेविरुद्धको औषधि खुवाइने
२०८२ माघ १६, शुक्रबार
आचारसंहिता पालन गर्ने दल र उम्मेदवारको प्रतिबद्धता
२०८२ माघ १६, शुक्रबार