माघ १६, २०८२ शुक्रबार January 30, 2026

निर्वाचन सुरक्षाः झापा, उपत्यका र हिमाली जिल्ला संवेदनशील

जिल्ला निर्वाचन कार्यालयहरूमार्फत मतदाता शिक्षा सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । निर्वाचन आयोगका अनुसार २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं उपत्यका, झापा र हिमाली जिल्ला संवेदनशील क्षेत्रका रूपमा देखिएका छन् । निर्वाचन आयोगले एकीकृत सुरक्षा संयन्त्रसँगको परामर्शमा तयार पारेको आन्तरिक प्रतिवेदनमा यी क्षेत्र संवेदनशील क्षेत्रको रूपमा नक्सांकन गरिएको छ । निर्वाचनका लागि मौसमको सम्भावित प्रतिकूलताको विश्लेषण गर्दै हिमाली जिल्लालाई संवेदनशील क्षेत्रको सूचीमा राखिएको आयोगले जनाएको छ ।

निर्वाचनका अवरोधहरूको विश्लेषण गर्दै आयोगले हुम्ला, कालिकोट, जुम्ला, मुगु र डोल्पा जिल्लाका निर्वाचन क्षेत्रहरूलाई मौसमका हिसाबले संवेदनशील क्षेत्रका रूपमा राखेको हो । काठमाडौं उपत्यका र झापालाई निर्वाचन आयोग र एकीकृत सुरक्षा संयन्त्रले सुरक्षा संवेदनशील क्षेत्रको रूपमा राखेको हो ।

झापा–५ मा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहको उम्मेदवारीका कारण सम्भावित सुरक्षा संकटको समेत विश्लेषण गरिएको एकीकृत सुरक्षा संयन्त्र स्रोतले बताएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थक तथा कार्यकर्ताहरूले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गर्न सक्ने सम्भावित अवरोध र त्यसमाथि हुनसक्ने प्रतिकार्यको विश्लेषण गरेर सुरक्षा पूर्वानुमान गरिएको सुरक्षा सम्बद्ध स्रोतले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय झापाले हरेक निर्वाचन क्षेत्रको मिहिन विश्लेषण गर्दै सुरक्षा तयारी गरेको प्रतिवेदन बुझाएका छन् । झापाका प्रमुख जिल्ला अधिकारी शिवलाल गेलालले जिल्लाका ९५ वटा मतदानस्थललाई अतिसम्वेदनशीलका रूपमा राखिएको बताए । जिल्लामा रहेका २ सय ८५ मतदानस्थलमध्ये १ सय ४७ संवेदनशील र ४३ वटा मतदानस्थल सामान्य रहेको उनले जानकारी दिए ।

जिल्लामा ८ सय १५ वटा मतदान केन्द्र रहेका छन् । निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्नका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिने उनले बताए । प्रजिअ गेलालले झापा–५ मा सुरक्षा सम्वेदनशीलतालाई ख्याल गर्दै विगतमा भन्दा बढी सुरक्षाकर्मी आवश्यक पर्ने देखिएपछि प्रदेशसँग थप सुरक्षाकर्मी माग गरिएको जानकारी दिए । ५ निर्वाचन क्षेत्र रहेको झापामा ७ लाख १३ हजार ५ सय ३७ मतदाता छन् ।

दुर्गमको मतपत्र तयार

निर्वाचन आयोगले समानुपातिक प्रणालीतर्फको मतपत्र छापिसकेर प्रत्यक्षतर्फको छपाइ सुरु गरेको जानकारी दिएको छ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ हुम्ला, कालिकोट, जुम्ला, मुगु, डोल्पा जिल्लाका लागि मतपत्र छपाइ सम्पन्न भइसकेको र त्यस क्षेत्रमा समयमै मतपत्र पुग्ने प्रवक्ता भट्टराईले बताए ।

आयोगले जिल्ला निर्वाचन कार्यालयहरूमार्फत मतदाता शिक्षा सुरु गरेको छ । मतदाता शिक्षा दिन सबै जिल्लामा नमुना मतपत्र पुगिसकेको निर्वाचन आयोगले जनाएको छ । कूल १० लाख ९८ हजार २ सय नमुना मतपत्र छपाइ भएको र ती मतपत्र मतदाता शिक्षाका लागि सबै जिल्लामा पुगिसकेको आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

बाँकी जिल्लाका मतपत्र क्रमशः छपाइ भइरहेको पनि आयोगले जनाएको छ । २५ माघदेखि ५ फागुनसम्म १ सय ६५ वटै निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी गर्ने योजना रहेको प्रवक्ता भट्टराईको भनाइ छ । समानुपातिकतर्फको दुई करोडभन्दा बढी मतपत्र छपाइ कार्य भने सम्पन्न भइसकेको आयोगले जनाएको छ । राजधानी दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भेनेजुएलाको तेल क्षेत्रमा निजीकरणको बाटो खुल्यो
२०८२ माघ १६, शुक्रबार
व्यास नगरपालिकाको अल्ट्रा म्याराथनमा नेपाली सेनाको वर्चस्व, करन रावल प्रथम
२०८२ माघ १६, शुक्रबार
सहिदको सपना र बलिदानको रक्षा नै आजको मुख्य दायित्व : नैनसिंह महर
२०८२ माघ १६, शुक्रबार
अर्थ मन्त्रालयको दोस्रो त्रैमासिक कार्यप्रगतिः पुँजीगत खर्च घट्यो, राजस्वमा डेढ खर्बको खाडल
२०८२ माघ १६, शुक्रबार
विधिको शासन, जनउत्तरदायी राज्य र कर्मशील नागरिकबाट मात्र सहिदका सपना पूरा हुन्छ: रास्वपा
२०८२ माघ १६, शुक्रबार
सर्लाहीमा ४ लाखभन्दा बढीलाई हात्तीपाइलेविरुद्धको औषधि खुवाइने
२०८२ माघ १६, शुक्रबार
आचारसंहिता पालन गर्ने दल र उम्मेदवारको प्रतिबद्धता
२०८२ माघ १६, शुक्रबार