कार्तिक २९, २०८३ आइतबार November 15, 2026

माधवनारायण बर्तालुको तीर्थयात्रा चाँगुनारायण पुगेर सम्पन्न

माघ शुक्ल चतुर्दशीका दिन शङ्ख बजाउँदै पूर्णिमाका दिन गरिने पूजा तथा व्रत समापनका लागि भक्तजनलाई निमन्त्रणा गर्ने परम्परा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

भक्तपुर, १६ माघः पौष शुक्ल पूर्णिमादेखि साँखुस्थित शालिनदीमा माधवनारायणको व्रत बसेका बर्तालुले चाँगुनारायणको मूल मन्दिरमा माधवनारायण राखेर विशेष पूजाआराधना गरी यस वर्षको तीर्थयात्रा सम्पन्न गरेका छन् । चाँगुनारायणको विशेष पूजा गरेसँगै यस वर्षको तीर्थयात्रा सम्पन्न भएको बर्तालुले बताएका हुन् ।

माघ शुक्ल एकादशीका दिन राति बर्तालु पैदल हिँडेर चाँगुनारायण पुगी बास बसेका र आज द्वादशीका दिन स्नान गरी चाँगुनारायणमा विशेष पूजा तथा आराधना गर्ने परम्पराअनुसार पूजाको विधि सम्पन्न गरिएको मन्दिरका मूलपुजारी चक्रधरानन्द राजोपाध्यायले जानकारी दिनुभयो ।

आज चाँगुनारायणमा विशेष पूजा सम्पन्न गरेपछि बर्तालु साँखु गएका बताउँदै उहाँले यसअघि पशुपतिबाट शेषनारायणसम्म र पनौती गरी दुईवटा तीर्थयात्रा सम्पन्न गरेका उल्लेख गर्नुभयो । उहाँका अनुसार आज चाँगुनारायणको तीर्थयात्रा सम्पन्न गरेसँगै यस वर्षको तीर्थयात्रा सम्पन्न भएको छ ।

“तीर्थयात्रा सम्पन्न भएपछि माघ शुक्ल चतुर्दशीका दिन शङ्ख बजाउँदै पूर्णिमाका दिन गरिने पूजा तथा व्रत समापनका लागि भक्तजनलाई निमन्त्रणा गर्ने परम्परा छ । बज्रयोगिनी माइललगायत साँखु बजारबाहिर पनि सुनिने गरी व्रत समापनको निमन्त्रणा गर्ने प्राचीनकालदेखिको विधि हो”, पुजारी राजोपाध्यायले भन्नुभयो ।

आगामी आइतबार माघ शुक्ल पूर्णिमाका दिन व्रतको समापन (साङ्गे) गरिने जनाउँदै उहाँले यसलाई अश्वमेध यज्ञ भनिने बताउनुभयो । उहाँका अनुसार पौष शुक्ल पूर्णिमादेखि सुरु भएको माधवनारायण व्रत माघ शुक्ल पूर्णिमामा सम्पन्न हुन्छ ।

माघ महिनामा माधवनारायणको व्रत गरेमा मनोकाङ्क्षा पूरा हुने, विवाहित महिलाले अटल सौभाग्य एवं सुख शान्ति र अविवाहित महिलाले चिताएको बर पाउने धार्मिक विश्वास रहिआएको पुजारी राजोपाध्यायले बताउनुभयो ।

सत्ययुगमा हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी माधवनारायण एवं श्रीस्वस्थानीको व्रत गरेको स्कन्द पुराणमा उल्लेख छ । त्यसबेलादेखि माधवनरायण र श्रीस्वस्थानीको व्रत बस्ने परम्परा सुरु भएको विश्वास रहँदै आएको छ । माघ शुक्ल पूर्णिमाका दिन बर्तालुले साङ्गे अर्थात् अश्वमेध यज्ञ गरी व्रत समापन गरेको भोलिपल्ट गणेशको पूजा गर्ने परम्परा रहिआएको उहाँले जानकारी दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अछाममा भिरबाट लडेर एक जनाको मृत्यु
२०८३ कार्तिक २८, शनिबार
रानीकोट गढीको उत्खनन र संरक्षण गर्न मुख्यमन्त्री थापामगरको ध्यानाकर्षण
२०८३ कार्तिक २८, शनिबार
राप्रपा महाधिवेशन : मंसिर ४ देखि प्रतिनिधि छनोट प्रक्रिया सुरु हुने
२०८३ कार्तिक २८, शनिबार
पर्यटन सर्किटमा जोडेर प्रदेशका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास र प्रवर्द्धन गरिनेछ : मुख्यमन्त्री भट्ट
२०८३ कार्तिक २८, शनिबार
नेपालका तीन प्रदेशका २५ लाख हेक्टर वन क्षेत्रमा कार्बन कार्यक्रम सञ्चालन गरिने
२०८३ कार्तिक २८, शनिबार
मध्यपुर अस्पतालको १६औँ साधारण सभा सम्पन्न, २० प्रतिशत शेयर सर्वसाधारणलाई निष्कासन गर्ने तयारी
२०८३ कार्तिक २८, शनिबार
लागूऔषध सहित देशका विभिन्न स्थानबाट ९ जना पक्राउ
२०८३ कार्तिक २८, शनिबार