कार्तिक २९, २०८३ आइतबार November 15, 2026

आजको राशिफल : मेषदेखि मीनसम्म कसको दिन सुखद्, कसलाई सतर्कता आवश्यक ?

आजको भाग्यफल: व्यापार, शिक्षा र प्रेममा कसलाई सफलता, कसलाई चुनौती ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मेष : बोली र व्यवहारमा एकरुपता देखाउनु उचित हुनेछ । साना कुराले मनमा झन्झट बढ्नेछ । शास्त्रको अध्ययन गरेमा दिन सहज बन्नेछ । धार्मिक अभियन्तासँगको भेटले मन शान्त बन्नेछ ।

वृष : दिन सुखद् रहेको छ । आज व्यापारबाट लाभ हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । तपाईंको काममा विपक्षीलेसमेत साथ दिनेछन् । शिक्षाको क्षेत्रमा गरेको प्रयासमा ढिलासुस्ती हुनेछ ।

मिथुन : भाग्य राम्रो छ । थोरै लगानी गरे पनि आम्दानी राम्रो हुनेछ । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । अध्ययनमा जाँगर चल्नेछ । साथीभाइ र बन्धुसँगको सहकार्यले फाइदा मिल्नेछ । विदेशमा गरेको लगानीबाट नाफा हुनेछ ।

कर्कट : व्यापारमा फाइदा हुनेछ । शिक्षामा भएको ढिलासुस्तीले सताउने छ । राजनीतिमा ठगले सताउने भएकाले सचेत बन्नुपर्नेछ । परिवारको तर्फबाट भने सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

सिंह : दिन सामान्य छ । रोगसँग लड्ने क्षमता बढ्नेछ । आफ्ना साथीले भने साथ नदिएर हैरान पार्ने जोखिम रहेको छ । व्यापारमा घाटा हुनेछ । राज्यको तर्फबाट भने महत्त्वपूर्ण अवसर प्राप्त हुनेछ ।

कन्या : आज हिम्मत गरेर काम गर्नुपर्ने दिन छ । बोलीलाई परोपकारमा प्रयोग गर्नु उचित हुनेछ । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

तुला : तपाईंको कला र गलाको प्रसंसा हुनेछ । अरुलाई समय दिएर स्वास्थ्यको ख्याल नगर्दा समस्या बढ्नसक्छ । शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ । लगानी गरेको भए सफलता मिल्नेछ । सहयाेगी मित्र बढ्ने छन् ।

वृश्चिक : धेरै झन्झट देखिने जोखिम छ । शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्धमा सुधार हुने योग छ । दान गरेर दिनको सुरुवात गर्नु उचित हुनेछ ।

धनु : बोल्दा सचेत बन्नुपर्ने समय छ । बोली गोली जस्तै हुने भएकाले सोचेर बोल्नु उचित हुन्छ । आम्दानीभन्दा खर्च बढ्नेछ । परिवारभित्रका मान्छेले भन्दा बाहिरका व्यक्तिले प्रशंसा गर्नेछन् । उत्तरको यात्रा नगर्नु उचित हुनेछ ।

मकर : व्यापारमा फाइदा हुनेछ । दाजुभाइसँग सहकार्य गरेर काम गर्नु उचित हुनेछ । परिवारलाई विश्वास गर्दा धोका हुनेछ । शिक्षामा थप श्रम गर्नुपर्ने दिन छ ।

कुम्भ : दिन सामान्य छ । शिक्षा र स्वास्थ्यमा गरेको प्रयास सफल हुनेछ । विपक्षीले तपाईंको निन्दा गर्नेछन् । परिवारको तर्फबाट साथ र सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुधार हुनेछ ।

मीन : दिन सामान्य राम्रो छ । लगानी क्षेत्रमा जोखिम भएकाले सचेत बन्नुपर्नेछ । सामाजिक र धार्मिक क्षेत्रमा झुकाब रहनेछ । समय दिन सकेमा सफलता मिल्नेछ । जन्म कुण्डलीमा हेरेर कामको सुरुवात गर्नु उचित हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अछाममा भिरबाट लडेर एक जनाको मृत्यु
२०८३ कार्तिक २८, शनिबार
रानीकोट गढीको उत्खनन र संरक्षण गर्न मुख्यमन्त्री थापामगरको ध्यानाकर्षण
२०८३ कार्तिक २८, शनिबार
राप्रपा महाधिवेशन : मंसिर ४ देखि प्रतिनिधि छनोट प्रक्रिया सुरु हुने
२०८३ कार्तिक २८, शनिबार
पर्यटन सर्किटमा जोडेर प्रदेशका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास र प्रवर्द्धन गरिनेछ : मुख्यमन्त्री भट्ट
२०८३ कार्तिक २८, शनिबार
नेपालका तीन प्रदेशका २५ लाख हेक्टर वन क्षेत्रमा कार्बन कार्यक्रम सञ्चालन गरिने
२०८३ कार्तिक २८, शनिबार
मध्यपुर अस्पतालको १६औँ साधारण सभा सम्पन्न, २० प्रतिशत शेयर सर्वसाधारणलाई निष्कासन गर्ने तयारी
२०८३ कार्तिक २८, शनिबार
लागूऔषध सहित देशका विभिन्न स्थानबाट ९ जना पक्राउ
२०८३ कार्तिक २८, शनिबार