भाद्र ५, २०८३ शुक्रबार August 21, 2026

प्रेस काउन्सिलको मिडिया जागरण राष्ट्रिय अभियान धादिङबाट सुरुवात

निर्वाचनको समयमा सञ्चारकर्मीले कसैको पक्ष वा विपक्षमा नबोल्न र नागरिकलाई सचेत गराउन पर्नेमा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मलेखु (धादिङ), १९ माघ : प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा प्रेस काउन्सिल नेपालले निर्वाचन आचारसंहिता र मिडिया जागरण अभियान सुरुवात गरेको छ ।

निर्वाचनको बेला राजनीतिक दल र सञ्चारमाध्यम दुवै पक्षबाट हुन सक्ने आचारसंहिता उल्लङ्घनका घटना कम गराउने उद्देश्यसहित आइतबार धादिङदेखि अभियान थालनी गरेको हो । सो अभियानसँगै नेपाल पत्रकार महासङ्घले जिम्मेवार पत्रकारिता, निर्वाचन रिपोर्टिङ र सामाजिक सञ्जालको प्रयोगसम्बन्धी राष्ट्रिय अभियान पनि धादिङबाटै सुरुवात गरेको छ ।

निर्वाचनमा आचारसंहिता पालना, अनलाइन, रेडियो टिभी पत्रपत्रिकाले निभाउनुपर्ने जिम्मेवार मिडियाको भूमिका तथा सञ्चारकर्मीले निष्पक्षता, सन्तुलन र सत्यतामा आधारित भएर आचारसंहिता पालना गर्नुपर्ने प्रेस काउन्सिल नेपालका अध्यक्ष डा कुमार शर्मा आचार्यले बताउनुभयो । ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले स्वच्छ निष्पक्ष र भयमुुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्न पत्रकार आचारसंहिताको पालना गर्नुपर्ने बताउनुभयो । । सञ्चारमाध्यम र सञ्चारकर्मी जिम्मेवार भए नागरिक बलियो हुने भएकाले निर्वाचनको समयमा सञ्चारकर्मीले कसैको पक्ष वा विपक्षमा नबोल्न र नागरिकलाई सचेत गराउन पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सूचना विभागका महानिर्देशक छविन्द्र पराजुली, प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदी, प्रेस काउन्सिल नेपालका बोर्ड सदस्यहरु शान्तराम विडारी, भिमलाल श्रेष्ठ, नकुल अर्याल, बालकृष्ण अधिकारी, पदमराज जोशी, कुमारीनिमा काफ्ले, विजयराज अधिकारी, केशवशरण लामिछानेलगायतले निर्वाचन जागरण कार्यक्रममा संचारकर्मी, मिडियाले ध्यानदिनुपर्ने विषयमा आआफ्नो विचार व्यक्त गरेका थिए ।

यसैबीच नेपाल पत्रकार महासङ्घ धादिङले छुट्टाछुट्टै विधामा चार जना सञ्चारकर्मीहरुलाई पुरस्कृत गरेको छ । राजेन्द्रप्रताप शाह स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार केशव अधिकारलाई १५ हजार नगदसहित पुरस्कृत गरेको छ । सीतारामप्रसाद वर्मा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कारबाट पत्रकार पोषनाथ अधिकारी, विकास पत्रकारिता पुरस्कारबाट पत्रकार राजन अधिकारी र शालिकराम वर्मा स्मृति पुरस्कारबाट पत्रकार रामबहादुर ठकुरीलाई पुरस्कृत गरेको हो ।

नेपाल पत्रकार महासङ्घ धादिङले आफ्नो आधिकारिक वेबसाइट डब्लुुडब्लुुडब्लुु डट एफएनजे डट ओआरजीको आइतबारबाटै विधिवत सुरुवात गरेको छ । पत्रकार महासङ्घको गतिविधि, इतिहास र सदस्यहरुको विवरण, सञ्चारसंस्थाहरुको विवरण वेबसाइटमा राखिएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अब भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट
२०८३ भाद्र ६, शनिबार
सोमालियाका बालबालिका सहायता कटौतीबाट गम्भीररूपमा प्रभावितः संयुक्त राष्ट्रसङ्घ
२०८३ भाद्र ६, शनिबार
इरानका लागि युद्ध अन्त्य गर्न अनुकुल समय आएको छः इरानी राष्ट्रपति
२०८३ भाद्र ५, शुक्रबार
टी ट्वान्टी क्रिकेटः नर्दन टेरिटोरी स्ट्राइकसँग नेपाल ‘ए’ पराजित
२०८३ भाद्र ५, शुक्रबार
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
२०८३ भाद्र ५, शुक्रबार
निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी
२०८३ भाद्र ५, शुक्रबार
‘आध्यात्मिक शिक्षाले मानिसलाई स्वस्थ र अनुशासित बनाउँछ’:महामन्त्री
२०८३ भाद्र ५, शुक्रबार