जेठ २३, २०८३ शनिबार June 6, 2026

प्रतिनिधीसभा निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान

दिगो शान्ति, सुशासन र समृद्धिको आकाङ्क्षा पूरा गर्न तीव्र गतिमा अघि बढ्नुपर्नेमा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

जापान (टोकियो), माघ २० गते । राष्ट्रपति रामचन्द्र पौडेलले जापानमा रहेका नेपालीहरूले नेपालको अर्थतन्त्र र सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको बताउनुभएको छ । जापानको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रपति पौडेलले नेपाली राजदूतावासद्वारा आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै उक्त धारणा व्यक्त गर्नुभएको हो ।

“आगामी दिनमा विदेशमा आर्जन गरेको ज्ञान, सीप, पूँजी र प्रविधिलाई स्वदेशमा प्रयोग गरी समुन्नत नेपालको सपना साकार पार्न थप योगदान दिनुहुनेछ भन्ने मैले अपेक्षा गरेको छु,” राष्ट्रपति पौडेलले भन्नुभयो । उहाँले विभिन्न पेसा र व्यवसायमा आबद्ध नेपाली समुदायको हित र समस्या समाधानका लागि नेपाल सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।

नेपालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था अङ्गीकार गरेसँगै दिगो शान्ति, सुशासन र समृद्धिको आकाङ्क्षा पूरा गर्न तीव्र गतिमा अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । राज्य सञ्चालनमा पारदर्शिता, जवाफदेहिता र विधिको शासनमार्फत प्रभावकारी सेवा प्रवाह हुनुपर्ने उहाँको भनाइ थियो ।

आगामी निर्वाचनबारे चर्चा गर्दै राष्ट्रपतिले भन्नुभयो, “युवा पुस्ताले गरेको सुशासनको मागलाई सम्बोधन गर्दै देशको समृद्धिका लागि आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन हुन गइरहेको छ । यसले मुलुकमा स्थायित्व र विकासका नयाँ सम्भावनाहरू खोल्नेछ ।” उहाँले यो निर्वाचनलाई सफल बनाउन विदेशमा रहेका नेपालीहरूलाई आ-आफ्नो स्थानबाट भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।

नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवका अवसरमा उहाँले जापानलाई नेपालको विश्वासिलो विकास साझेदारका रूपमा स्मरण गर्नुभयो । औद्योगिक विकास, कृषि, जलविद्युत् र पूर्वाधारका क्षेत्रमा जापानको प्रविधि र अनुभवबाट नेपाल लाभान्वित हुन चाहेको उहाँले बताउनुभयो ।

अन्त्यमा, राष्ट्रपति पौडेलले जापानी लगानीकर्ताहरूलाई नेपालमा लगानीका लागि प्रोत्साहित गर्न र पर्यटकीय प्रवर्द्धनका लागि ‘अनौपचारिक राजदूत’का रूपमा भूमिका खेल्न नेपाली समुदायलाई आह्वान गर्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
२०८३ जेठ २३, शनिबार
निर्वाचनपछि रणनीति पुनरावलोकनमा राष्ट्रिय मुक्ति पार्टी
२०८३ जेठ २३, शनिबार
सेवानिवृत्तिपछि साहित्य सिर्जनामा केन्द्रित हुने सुशीला कार्कीको घोषणा
२०८३ जेठ २३, शनिबार
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
२०८३ जेठ २३, शनिबार
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
२०८३ जेठ २३, शनिबार
ओझेलमा मुगु सोरुको प्राचीन सुनखानी गुफा, संरक्षण र प्रवद्र्धनको पखाईमा
२०८३ जेठ २३, शनिबार
कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु
२०८३ जेठ २३, शनिबार