जेठ २६, २०८३ मंगलबार June 9, 2026

मन्त्रिपरिषद् पुनर्गठन : सुदन गुरुङ र महावीरु पुनले लिए राष्ट्रपति समक्ष शपथ

छानबिनपछि गुरुङको पुनरागमन, महावीर पुन पनि मन्त्रिपरिषद्मा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ले मन्त्रिपरिषद् पुनर्गठन गर्दै गृहमन्त्रीमा सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्रीमा महावीर पुन लाई नियुक्त गरेका छन्। नवनियुक्त दुवै मन्त्रीले सोमबार राष्ट्रपति भवनमा आयोजित समारोहमा राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

यसअघि विभिन्न विवादका कारण गृहमन्त्री पदबाट बाहिरिएका गुरुङलाई सरकारले पुनः गृह मन्त्रालयको जिम्मेवारी दिएको हो। उनीमाथि लागेको आरोपबारे अध्ययन तथा छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएपछि मन्त्रिपरिषद्ले उक्त प्रतिवेदन ग्रहण गरेको थियो। त्यसलगत्तै गुरुङलाई पुनः सरकारमा फर्काइएको हो।

दुई मन्त्रीको नियुक्तिसँगै मन्त्रिपरिषद्को वरीयताक्रम पनि हेरफेर गरिएको छ। नयाँ व्यवस्थाअनुसार गृहमन्त्री गुरुङलाई पाँचौँ वरीयतामा राखिएको छ भने नवप्रवर्तनमन्त्री पुनलाई आठौँ वरीयता प्रदान गरिएको छ। सरकारको यो निर्णयसँगै रिक्त रहेका दुई महत्वपूर्ण मन्त्रालयले नेतृत्व पाएका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया