श्रावण १३, २०८३ बुधबार July 29, 2026

निर्वाचनबारे ढुक्क हुन प्रधानमन्त्री कार्कीको आग्रह, ‘तोकिएकै मितिमा हुन्छ’

तोकिएकै मितिमा एकै चरणमा निर्वाचन हुन्छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै मितिमा प्रतिनिधिसभा निर्वाचन हुनेमा ढुक्क र निश्चिन्त रहन सबैलाई आग्रह गर्नुभएको छ । बिहीबार भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छपाइको अनुगमनपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री कार्कीले निर्वाचन प्रक्रिया निर्धारित कार्यतालिकाअनुसार अघि बढिरहेको बताउनुभयो ।

प्रधानमन्त्री कार्कीले लिइन मतपत्र छपाइको प्रगतिबारे जानकारीप्रधानमन्त्री कार्कीले निर्वाचन एकै चरणमा सम्पन्न हुने स्पष्ट पार्दै यस विषयमा कुनै अन्योलमा नपर्न आग्रह गर्नुभयो । निर्वाचनको दिन देशका सबै भूगोलमा मौसम अनुकूल रहने विश्वास व्यक्त गर्दै उहाँले सबै मतदाताले कुनै अवरोधबिनै आफ्नो मताधिकार प्रयोग गर्न पाउने बताउनुभयो ।

उहाँका अनुसार निर्वाचन सम्पन्न भएपछि निर्वाचित प्रतिनिधिसभालाई सरकारको जिम्मेवारी हस्तान्तरण गरी वर्तमान सरकार घर फर्किनेछ । यसले लोकतान्त्रिक अभ्यासलाई अझ सुदृढ बनाउने उहाँको भनाइ छ ।

प्रधानमन्त्री कार्कीले भन्नुभयो,
‘ढुक्क र निश्चिन्त हुनुस् । एकैदिनमा हुन्छ चुनाव । दुई चोटि हुनेवाला छैन । तोकिएकै मितिमा हुन्छ । मलाई लाग्छ मौसम पनि राम्रो हुनेछ । हामी सबैले मतदान गर्न पाउनुहुनेछ । निर्वाचित प्रतिनिधि सभालाई सरकार हस्तान्तरण गर्छौँ र आफ्नो घर जान्छौँ ।’

प्रधानमन्त्री कार्कीले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोग तथा आयुक्तहरूको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्दै धन्यवाद व्यक्त गर्नुभयो । उहाँले सबै सरोकारवालालाई निर्वाचनलाई सफल बनाउन सहयोग गर्न आग्रह समेत गर्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सरकारद्धारा ९ विधेयक संसद्मा पेश गर्ने निर्णय, सञ्चय कोष र राहदानी ऐन पनि संशोधन हुँदै
२०८३ श्रावण १३, बुधबार
राष्ट्रपति पौडेलसँग राष्ट्रियसभा अध्यक्ष दाहालको भेटवार्ता
२०८३ श्रावण १३, बुधबार
‘संस्कृत पढाऔँ, संस्कार बचाऔँ’ अभियान
२०८३ श्रावण १३, बुधबार
चिकित्सा शिक्षा आयोगद्वारा छ अर्ब ५५ करोडको वार्षिक बजेट स्वीकृत
२०८३ श्रावण १३, बुधबार
निर्वाचन प्रणाली कम खर्चिलो र पारदर्शिता बनाउन सुझाव
२०८३ श्रावण १३, बुधबार
उपराष्ट्रपति यादवद्वारा सद्भाव कायम गर्न अपिल
२०८३ श्रावण १३, बुधबार
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः लामिछाने
२०८३ श्रावण १३, बुधबार