कार्तिक २९, २०८३ आइतबार November 15, 2026

भोजपुरको रामप्रसाद राई गाउँपालिका साकेला सिली संरक्षणमा जुट्दै

साकेला सिली संरक्षणका लागि प्रशिक्षण नै दिन सुरु गर्दै पालिका

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

भोजपुर। भोजपुरको रामप्रसादराई गाउँपालिका परम्परागत साकेला सिलीको संरक्षणमा जुटेको छ । पालिकाले साकेला सिली संरक्षणका लागि प्रशिक्षण नै दिन सुरु गरेको छ ।

रैथाने ज्ञान महोत्सव २०८२ को अवसरमा पालिकाले साकेला सिली प्रशिक्षण सुरु गरेको हो । किरात जातिको साँस्कृतिक नृत्यकारूपमा हेरिएको साकेला सिली नाचिएपनि पछिल्ला समया यसको सांस्कृतिक पक्ष बारे जानकारी हुन छाडेकोले सैद्धान्तिक र प्रयोगात्मकरूपमा सिली प्रशिक्षण गरिएको गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताउनुभयो ।

आगामी माघ २६ गतेसम्म आवाससहितको व्यवस्था गरिएको प्रशिक्षणमा अधेता शालिक सतासक राई, संरक्षक राई, अर्जुन राई र मानबहादुर राईले सहजीकरण गरि रहनुभएको छ । साकेला सिली प्रशिक्षणमा ३० जनाको सहभागिता रहेको छ । पालिकाभित्रका हरेक जातजातिका संस्कृति र रैथाने ज्ञानलाई प्रवद्र्धन गर्नु स्थानीय सरकारको दायित्व रहेकाले रैथाने ज्ञान महोत्सवको आयोजना गरिएको गाउँपालिका उपाध्यक्ष वीरेन्द्र राईले जानकारी दिनुभयो । सोही अवसरमा भइरहेको साकेला सिली प्रशिक्षणले यसको संरक्षणमा थप मद्दत गर्ने उहाँले बताउनुभयो ।

यता २६ गते हुने बृहत रैथाने महोत्सवको पनि तयारी थालिएको छ । सो अन्तर्गत विभिन्न तीन शीर्षकमा प्यानल डिस्कोर्सको आयोजना गरिएको छ ।

पर्यटनमा रैथाने स्वाद र स्वामित्व विषयमा पाविहाङ राई, सचिन डाँगी, दिलकुमार खालिङ, र सम्पदा लिम्बुले बहस गर्नु हुनेछ । त्यस्तै शिक्षामा स्वदेशी सपना शीर्षकमा रजत राई, सूर्य राई, निर्माण किराती र भूमिका पाख्रीनले बहस गर्नुहुने छ । त्यस्तै लोक रिझाइको राजनीति शीर्षकमा राजन समीप, यजस्वी राई, रिझन रानामगर र प्रकाश राईले बहस गर्नु हुने आयोजकले जानकारी दिएको छ । पालिकाको आर्थिक सहयोगमा महोत्सव हुने छ ।

तेस्रो सृङ्खलाकारूपमा आयोजना गरिएको यस कार्यक्रममा यसभन्दा अघि खगेन्द्र सङ्ग्रोला, युग पाठक, कैलाश राई, अनुभव अजित, भोगीराज चाम्लिङ, दिपक सापकोटा, भूपाल राई, राजन मुकारुङ, कविता राई, हरि रोका, खिनु लुङ्वा, चन्द्र हतुवाली, नुनुता राई, सिता थुलुङ गणेशकुमार राई, सुदन किराती, अशोक राई, प्रेमकुमार राईलगायतले बहसमा सहभागी भइसक्नु भएको छ ।

यसअघिका वर्षमा आमचोक र गत वर्ष रामप्रसाद राई गाउँपालिकमा कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक राजन समीपले जानकारी दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अछाममा भिरबाट लडेर एक जनाको मृत्यु
२०८३ कार्तिक २८, शनिबार
रानीकोट गढीको उत्खनन र संरक्षण गर्न मुख्यमन्त्री थापामगरको ध्यानाकर्षण
२०८३ कार्तिक २८, शनिबार
राप्रपा महाधिवेशन : मंसिर ४ देखि प्रतिनिधि छनोट प्रक्रिया सुरु हुने
२०८३ कार्तिक २८, शनिबार
पर्यटन सर्किटमा जोडेर प्रदेशका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास र प्रवर्द्धन गरिनेछ : मुख्यमन्त्री भट्ट
२०८३ कार्तिक २८, शनिबार
नेपालका तीन प्रदेशका २५ लाख हेक्टर वन क्षेत्रमा कार्बन कार्यक्रम सञ्चालन गरिने
२०८३ कार्तिक २८, शनिबार
मध्यपुर अस्पतालको १६औँ साधारण सभा सम्पन्न, २० प्रतिशत शेयर सर्वसाधारणलाई निष्कासन गर्ने तयारी
२०८३ कार्तिक २८, शनिबार
लागूऔषध सहित देशका विभिन्न स्थानबाट ९ जना पक्राउ
२०८३ कार्तिक २८, शनिबार