श्रावण ३१, २०८३ आइतबार August 16, 2026

ऐतिहासिक ‘विश्वमेध श्रीविद्या कोटिअर्चना महायज्ञ’ मा ५५ लाख पटक अर्चना, जप र हवन

श्रीपशुपतिनाथ मन्दिर परिसरको नेपाल वेदविद्याश्रममा माघ २३ गतेदेखि सुरु भएको महायज्ञ फागुन ४ गतेसम्म सञ्चालन हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २८ माघ: पशुपति क्षेत्रलाई वैदिक परम्परा र तपस्याको अन्तरराष्ट्रिय केन्द्रका रूपमा स्थापित गर्न नेपालमै पहिलो पटक भइरहेको ऐतिहासिक ‘विश्वमेध श्रीविद्या कोटिअर्चना महायज्ञ’ मा ५५ लाख पटक अर्चना, जप र हवन गरिएको छ ।

तन्त्रको साधनास्थली र आध्यात्मिक ऊर्जा केन्द्रको रुपमा नेपाललाई विश्वमा चिनाएर धार्मिक पर्यटन प्रवर्द्धन गराउन वनकालीस्थित श्रीपशुपतिनाथ मन्दिर परिसरको नेपाल वेदविद्याश्रममा माघ २३ गतेदेखि सुरु भएको महायज्ञ फागुन ४ गतेसम्म सञ्चालन हुनेछ ।

महायज्ञ आगम परम्परामा आधारित श्रीविद्या उपासना पद्धतिको उच्चतम अनुष्ठानका रुपमा सुरु गरिएको हो । महायज्ञमा ललिता महात्रिपुरसुन्दरीको एक करोड पटक अर्चना, जप र हवन गरिने कार्यक्रम बनाइएका आजसम्म करिब ५५ लाख पटक साधना सम्पन्न गरिएको डा रुद्रानन्द ब्रह्मचारी बताउनुुभयो ।

नेपाल राष्ट्रको शान्ति समृद्धि र जनकल्याणका लागि विश्वमेध श्रीविद्या कोटी अर्चना महायज्ञ गरिएको उहाँले बताउनुभयो । यसअन्तर्गत आज भगवती मातङ्गीको लक्षार्चन अनुष्ठान (हवन) सहित श्रीविद्याकी अधिष्ठात्री ललिता महात्रिपुरसुन्दरीको अर्चना (पाठ जप पुजन) भएको छ ।

सबै कार्यको श्री विद्यादेशिक प्रवर परमपुज्य गुरूदेव श्री महेश चैतन्य ब्रहमचारीको सत्सङ्कल्प र दिव्य निर्देशनमा महायज्ञ भइरहेको हो । उहाँ श्री विद्या तत्व अनुसन्धान आश्रम, हरिद्वार तथा दिल्लीका प्रमुख पनि हुनुहुन्छ । यस्ता महायज्ञले पशुपति क्षेत्रको महत्वलाई विश्वभर फैलाउन सकिन्छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भारी वर्षाले पूर्वी जापानमा जनजीवन प्रभावित, नौ जनाको मृत्यु
२०८३ श्रावण ३१, आइतबार
सुनचाँदीको मूल्य बढ्यो
२०८३ श्रावण ३१, आइतबार
महिलालाई आत्मनिर्भर बनाउन बङ्गुरपालनमा अनुदान
२०८३ श्रावण ३१, आइतबार
तालिबान सत्तामा फर्किएको पाँचौँ वर्ष, अफगानिस्तानमा ‘विजय दिवस’को रौनक
२०८३ श्रावण ३१, आइतबार
जाजरकोटमा पहिरोबाट मृत्यु हुनेको संख्या ३ पुग्यो, २ जना अझै बेपत्ता
२०८३ श्रावण ३१, आइतबार
रानाथारू समुदायमा अनौठो तिजः दाजुभाइको दीर्घायुका लागि निराहार व्रत
२०८३ श्रावण ३१, आइतबार
कोशीमा विद्यालय शिक्षक–कर्मचारीका पेशागत समस्या र नीतिगत समाधानबारे नीति संवाद
२०८३ श्रावण ३१, आइतबार