असोज १२, २०८३ सोमबार September 28, 2026

निर्वाचन सुरक्षा अनुगमनमा सशस्त्र प्रहरीका महानिरीक्षक अर्याल गुल्मीमा

निर्वाचन सुरक्षा संवेदनशील विषय भएकाले जिम्मेवारी निर्वाह गर्दा व्यावसायिकता, अनुशासन र निष्पक्षता कायम राख्न जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

गुल्मी ।  प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्याल सहितको उच्चस्तरीय टोलीले गुल्मी जिल्लामा पुगेर सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन तथा आवश्यक समन्वय बैठक सम्पन्न गरेको छ ।

निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यका साथ गरिएको उक्त अनुगमनका क्रममा टोलीले जिल्लाको समग्र सुरक्षा अवस्थाबारे जानकारी लिँदै आवश्यक निर्देशन दिइएको हो ।

महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बल, नेपाल नं. ३७ गुल्म गुल्मीमा आयोजित सुरक्षा समन्वय बैठकमा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरुसँग विस्तृत छलफल गर्नुभएको थियो ।

छलफलका क्रममा जिल्लाको भौगोलिक अवस्था, सम्भावित सुरक्षा चुनौती, मतदान केन्द्रहरुको संवेदनशीलता वर्गीकरण, जनशक्ति परिचालन योजना, तथा अन्तर निकाय समन्वयका विषयमा जानकारी आदानप्रदान गरिएको थियो ।

उहाँले निर्वाचन अवधिभर उच्च सतर्कता अपनाउन, सूचना संकलन तथा विश्लेषणलाई प्रभावकारी बनाउन र कुनै पनि अप्रिय घटना हुन नदिन पूर्वतयारी सुदृढ गर्न निर्देशन दिनुभयो ।

महानिरीक्षक अर्यालले निर्वाचन सुरक्षा संवेदनशील विषय भएकाले जिम्मेवारी निर्वाह गर्दा व्यावसायिकता, अनुशासन र निष्पक्षता कायम राख्न जोड दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा
२०८३ असोज १२, सोमबार
वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित
२०८३ असोज १२, सोमबार
सूचनामा विश्वव्यापी पहुँचको लागि अन्तरराष्ट्रिय दिवस मनाइँदै
२०८३ असोज १२, सोमबार
एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा
२०८३ असोज १२, सोमबार
शैक्षिक पूर्वाधारमा ठूलो लगानी, अब उपलब्धि देखाउने दबाब
२०८३ असोज १२, सोमबार
कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना
२०८३ असोज १२, सोमबार
जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी
२०८३ असोज १२, सोमबार