फागुण २, २०८२ शनिबार February 14, 2026

काठमाण्डौं प्रशासनको निषेधाज्ञा बीच राजावादीले पूर्वराजालाई स्वागत गर्ने (विज्ञप्ती)

पूर्वराजा आगमनलाई लिएर विमानस्थल क्षेत्रमा तनावको संकेत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र आसपास क्षेत्रमा निषेधाज्ञा जारी गरे पनि राजसंस्था पक्षधरहरूले फागुन १ गते पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि उपस्थित हुन आह्वान गरेका छन्।

नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले विज्ञप्ति जारी गर्दै पूर्वराजाको राजधानी आगमनको अवसरमा दिउँसो १२ बजे विमानस्थलमा पुगेर स्वागत गर्न समर्थकहरूलाई अपिल गरेको हो।

यसअघि प्रशासनले विमानस्थल क्षेत्रमा कुनै पनि र्‍याली, जुलुस तथा भीडभाड नगर्न निर्देशन दिएको थियो। प्रशासनको निर्देशन विपरीत कार्यक्रम भए झडप हुनसक्ने आशंका गरिएको छ।

628042176_4462735633948456_2349927077594999078_n

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया