काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट फर्किँदा विमानस्थलमा स्वागत गर्ने तयारीमा रहेका राजावादी समूहलाई प्रशासनले रोक लगाएको छ । निर्वाचन आचारसंहिता लागू रहेकाले जुलुस, र्याली वा प्रदर्शनजस्ता गतिविधि गर्न नपाइने भन्दै जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेको हो ।
प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले सामाजिक सञ्जालमा विमानस्थल क्षेत्रमा कार्यक्रम गर्ने तयारीबारे ध्यानाकर्षण भएको जनाउँदै पूर्वस्वीकृति नलिइएकाले यस्ता गतिविधि गर्न नपाइने स्पष्ट पारेका छन् । महाशिवरात्रि पर्व, सुरक्षा संवेदनशीलता र यात्रुको आवागमनलाई ध्यानमा राख्दै कुनै पनि भेला वा प्रदर्शन नगर्न आग्रह गरिएको छ ।
निषेधित क्षेत्रमा कानुनविपरीत गतिविधि गरे प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी प्रशासनले दिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया