काठमाण्डाैंः सामसङकाे अर्काे फ्ल्यागसिप माेडल ग्यालेक्सी एस ट्वान्टी फ्यान एडिसनका विषयमा स्मार्टफाेन पारखीहरूबीच चर्चा चलिरहेकाे बेला बजारमा आउने तयारीमा रहेको छ । कोभिड १९ को महामारीका बाबजुद सामसङले एकपछि अर्काे नयाँ प्रडक्ट ल्याइरहेकाे छ ।
यही सेप्टेम्बर २३ मा सामसङकाे अनप्याक्ड भर्चअल प्रिजेन्टेशन हुँदैछ । ‘प्रत्येक फ्यानका लागि ग्यालेक्सी अनप्याक्ड’ शीर्षकमा हुने यो इभेन्टमा सामसङले ग्यालेक्सी एस ट्वान्टी फ्यान एडिसनको आधिकारिक सार्वजनिक गर्ने अनुमान गरिएको छ ।
एप्पलकाे आईफोन इलोभन र वान प्लस एटलाई कडा टक्कर दिन सामसङले याे फाेन ल्याएको विश्लेषण गरिएको छ। फाइभजी भेरियन्टमा आउने ग्यालेक्सी एस ट्वान्टी फ्यान एडिसनमा क्वालकमकाे फ्ल्यागसिप स्न्यापड्रागन ८६५ प्रोसेसर रहेको छ ।
क्यामेराकाे कुरा गर्दा फाेनकाे पछाडि तीनवटा क्यामेरा सेटअप छ । यसअन्तर्गत १२ मेगापिक्सेलकाे मुख्य सेन्सर, १२ मेगापिक्सेलकाे अल्ट्रा वाइड लेन्स र ८ मेगापिक्सेलकाे टेलिफाेटाे लेन्स रहेकाे छ ।
फाेनमा यसमा १२० हर्ज डिस्प्ले र तर यसको मूल्यका बारेमा जानकारी दिइएको छैन । याे फाेन रेड, डार्क ब्लु, पिंक र मिन्ट ग्रिन कलरका फाेन आउने जनाइएको छ ।
तुलनात्मक रूपमा थाेरै मूल्यमा उपलब्ध हुने याे फाेनमा १२० हर्ज रिफ्रेस रेटसहितकाे ६.५ इन्चकाे फुल एचडी प्लस सुपर एमाेलेड डिस्प्ले रहेकाे छ । फाेनकाे दाँयापट्टि फिङ्गरप्रिन्ट स्क्यानर हरकाे छ ।
फाेनकाे मूल्य त इभेन्टकै दाैरान मात्र सार्वजनिक हुनेछ । यसका लागि हामीले प्रतिक्षा गर्नैपर्छ । तर याे ग्यालेक्सी एस ट्वान्टीभन्दा सस्ताे चैं पक्का हुनेछ । यसकाे मूल्य ७८ हजार रूपैयाँभन्दा माथि हुने विश्लेषण गरिएकाे छ । टेकपानाबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया