फागुण २, २०८२ शनिबार February 14, 2026

प्रधानमन्त्री कार्की ताप्लेजुङमा

पाथीभरा दर्शनपछि प्रधानमन्त्रीले जिल्लास्थित मुख्य निर्वाचनको अधिकृतको कार्यालयको निरीक्षण गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं । प्रधानमन्त्री सुशीला कार्की ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा माताको दर्शन गरेकी छन् । पूर्वी क्षेत्रको हिमाली जिल्लाहरूको भ्रमण सुरु गरेकी प्रधानमन्त्री कार्कीले शुक्रबार बिहान ताप्लेजुङ पुगेर पाथीभरा माताको दर्शन गरेकी हुन् ।

समाजिक सञ्जाल फेसबुकमा पाथीभरा दर्शन गरेको तस्विर सार्वजनिक गर्दै प्रधानमन्त्री कार्कीले फागुन महिना निर्वाचनको महिना भएकाले पाथीभरा मातासँग शान्तिपूर्ण निर्वाचनका लागि कामना गरेको उल्लेख गरेकी हुन् ।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँका अनुसार ताप्लेजुङ पुगेकी प्रधानमन्त्री कार्की नेतृत्वको टोलीले प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन गरेकी हुन् । पाथीभरा दर्शनपछि प्रधानमन्त्रीले जिल्लास्थित मुख्य निर्वाचनको अधिकृतको कार्यालयको निरीक्षण गर्ने छिन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया