असोज १२, २०८३ सोमबार September 28, 2026

जनआस्थाका प्रधान सम्पादक श्रेष्ठलाई १ लाख राशिको पत्रकारिता पुरस्कार

वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई देवेन्द्र गौतम पत्रकारिता पुरस्कार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । देवेन्द्र गौतम पत्रकारिता पुरस्कार–२०२६ वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रदान गरिएको छ।

नेपाली पत्रकारितामा उहाँले पुर्‍याएको दीर्घकालीन, निष्पक्ष र विशिष्ट योगदानको कदर गर्दै उक्त पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ। पत्रकारितामा निर्भीकता, तथ्यपरकता र सार्वजनिक सरोकारका विषयमा निरन्तर आवाज उठाउँदै आएको योगदानलाई मूल्याङ्कन गर्दै श्रेष्ठलाई यस वर्षको सम्मान प्रदान गरिएको हो।

भक्तपुरमा आयोजित एक विशेष कार्यक्रममा विभिन्न सञ्चारकर्मी, बुद्धिजीवी तथा सरोकारवाला व्यक्तित्वहरूको उपस्थितिमा पुरस्कार वितरण गरिएको थियो। सम्मानपत्रसहित प्रदान गरिएको उक्त पुरस्कारको राशि एक लाख रुपैयाँ रहेको छ।

कार्यक्रममा वक्ताहरूले स्वर्गीय देवेन्द्र गौतमलाई स्मरण गर्दै उहाँ निर्भीक, सिद्धान्तनिष्ठ र जनपक्षीय पत्रकार रहेको उल्लेख गरे। उहाँले पत्रकारितामा स्थापित गरेको मूल्य, मान्यता र नैतिकताको मार्गदर्शनलाई पछ्याउँदै अघि बढ्न सबै पत्रकारहरूलाई आग्रह गरिएको थियो।

वक्ताहरूले सत्य र न्यायको पक्षमा कलम चलाउने पत्रकारहरू लोकतन्त्रका मेरुदण्ड भएको उल्लेख गर्दै यस्ता पुरस्कारले पत्रकारिताको गुणस्तर अभिवृद्धिमा थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरे।

पुरस्कार ग्रहण गर्दै वरिष्ठ पत्रकार श्रेष्ठले पत्रकारितालाई पेशा मात्र नभई सामाजिक उत्तरदायित्वको माध्यमका रूपमा लिँदै आएको उल्लेख गरे। उनले स्वतन्त्र र जिम्मेवार पत्रकारिताको अभ्यासलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा
२०८३ असोज १२, सोमबार
वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित
२०८३ असोज १२, सोमबार
सूचनामा विश्वव्यापी पहुँचको लागि अन्तरराष्ट्रिय दिवस मनाइँदै
२०८३ असोज १२, सोमबार
एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा
२०८३ असोज १२, सोमबार
शैक्षिक पूर्वाधारमा ठूलो लगानी, अब उपलब्धि देखाउने दबाब
२०८३ असोज १२, सोमबार
कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना
२०८३ असोज १२, सोमबार
जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी
२०८३ असोज १२, सोमबार